नयाँ दिल्ली, १६ कार्तिक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवाती आँधी ‘मुरासु’ का कारण भारतका पूर्वी तथा दक्षिणी तटीय राज्यहरूमा जोखिम बढेको छ ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै ओडिसा सरकारले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने अभियान तीव्र बनाएको हो ।
भारतीय मौसम विज्ञान विभाग (क्ष्ःम्) का अनुसार चक्रवात ‘मुरासु’ उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । नोभेम्बर ३ को बिहान आन्ध्र प्रदेशको नेल्लोर र नरसापुरबीचको तटीय क्षेत्रका जमिनमा प्रवेश गर्ने सम्भावना छ ।
चक्रवातका बेला हावाको गति प्रतिघण्टा १०० देखि ११० किलोमिटर सम्म पुग्ने र झोक्का सहित १२० किलोमिटर सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।
चक्रवातको प्रभावका कारण सोमबार (नोभेम्बर २) चेन्नई विमानस्थलबाट सञ्चालन हुने ११ वटा आगमन तथा प्रस्थान उडान रद्द गरिएयो । त्यस्तै, गन्नवरम विमानस्थलबाट इन्डिगो एयरलाइन्सका निर्धारित १० वटा उडान समेत रद्द गरिसकेका छन् ।
भारी वर्षा र प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै चेन्नई र तिरुवल्लुर जिल्लामा सोमबारका लागि विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरिएको छ ।
यसैगरी, तेलंगानाका ६ जिल्लामा मौसम विभागले ‘ओरेन्ज अलर्ट’ र पाँच जिल्लामा ‘येलो अलर्ट’ जारी गरेको छ । सम्भावित भारी वर्षा र तीव्र हावाहुरीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरियो ।
नोभेम्बर १ मा बंगालको खाडीमा रहेको गहिरो न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै ‘मुरासु’ नामक चक्रवातमा परिणत भएको थियो । ‘मुरासु’ शब्दको अर्थ ‘युद्धको नगाडा’ हो ।
चक्रवातको सम्भावित मार्गमा रहेका तटीय बस्तीहरूमा जोखिम बढेपछि उद्धार तथा राहत तयारीलाई तीव्र पारिएको छ । मौसम विभागले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरे । एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन