ढाका, १६ कार्तिक । न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै बंगलादेशका करिब ९ लाख ८७ हजार कपडा उद्योगमा कार्यरत मजदुरहरु काम छाडेर बाटोमा उत्रिए ।
कपडा उद्योगमा अनुपस्थित भई सडकमा प्रदर्शन गर्ने कार्यमा ओर्लिदा बंगलादेशको कपडा उत्पादन क्षेत्र प्रभावित बनेका हुन् । हिजो आइतबार राजधानी ढाका सहित विभिन्न औद्योगिक क्षेत्रमा कार्यरत हजारौँ मजदुरहरु सडकमा उत्रिएर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारी मजदुरहरूले मासिक न्यूनतम तलब ३० हजार टाका पुर्याउन माग गर्दै हडतालमा उत्रिएका छन् । हाल उनीहरूले मासिक १२ हजार ५०० टाका मात्रै पारिश्रमिक पाउँदै आएका हुन् । मजदुरहरूले विद्यमान तलब दोब्बरभन्दा बढी वृद्धि गर्नुपर्ने माग अघि सारेकाृ छ ।
महँगी, घरभाडा, खाद्यान्न, यातायात तथा स्वास्थ्य सेवाको बढ्दो खर्चले जीवनयापन कठिन बनेको भन्दै मजदुरहरूले तलब वृद्धि गर्न दबाब दिए ।
आइतबार भएको प्रदर्शनका क्रममा राजधानी ढाकाका विभिन्न औद्योगिक क्षेत्रमा तोडफोड, सडक अवरुद्ध तथा प्रहरीसँग झडपका घटना भएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरे । प्रदर्शनमा महिला मजदुरहरूको उल्लेख्य सहभागिता देखिएको थियो ।
उद्योग सञ्चालकहरूले आन्दोलनका कारण उत्पादन प्रभावित भएको बताए । आन्दोलनको अवस्था सुधार नभए सोमबार पनि कपडा उद्योगको उत्पादन प्रभावित हुन सक्ने उनीहरुले चिन्ता व्यक्त गरे ।
सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छाड्नुपरेको थियो । त्यसपछि अन्तरिम सरकार गठन र आमनिर्वाचन मार्फत तारिक रहमान नेतृत्वको सरकार सत्तामा आए पनि बंगलादेशमा राजनीतिक तथा सामाजिक अस्थिरताका विभिन्न घटनाक्रम जारी रहेका छन् ।
बंगलादेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको तयारी पोसाक उद्योगमा मजदुर आन्दोलन चर्किएपछि उत्पादन, निर्यात तथा औद्योगिक गतिविधिमा थप असर पर्ने चिन्ता बढेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन