साँकेतिक तस्वीर
रौतहट, १६ कार्तिक । रौतहट प्रहरीले भारतबाट मोटरसाइकलको सिटभित्र लुकाएर ल्याइएको १० लाख नेपाली रुपैया सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
बौधिमाई नगरपालिका–७ स्थित बंकुल–नरकटिया सडकखण्डमा सोमबार बिहान १० बजेको समयमा प्रहरी चौकी बंकुलबाट खटिएका प्रहरी टोलीले विआर ०५ एएफ ३७८७ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्दा सिट मुनी १० लाख नेपाली रुपैया सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी प्रेस नोटमा भनिएको हो ।
श्रोत नखुलेको उक्त रकम सहित मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, घोडासहनका ३३ वर्षीय टुना दासलाई नियन्त्रणमा लिएको रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
एक हजार रुपैया दरका ५९३ थान, पाँच सय रुपैया दरका ८१४ थान नोटबाट ४ लाख ७ हजार गरी १० लाख रुपैया बरामद भएको उनले भने । नियन्त्रणमा लिइएका दासमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको डिएसपी गौतमले बताए ।
चाँडपर्व लक्ष्ति राखेर सीमावर्ती क्षेत्रमा प्रहरीले बढाएको विशेष निगरानीको क्रममा उक्त श्रोत नखुलेको रकम सहित भारतीय नागरिकलाई पक्राउ गरिएको उलने भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन