रौतहट, १६ कार्तिक । रौतहटको फतुवाविजयपुर नगरपालिका–६ पेटभर्वा स्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको दर्दनाक मृत्यु भएको छ ।
सोमबार बिहान ११ः३० बजेको समयमा उद्योगमा कार्यरत महोत्तरीको मनरासिसवा नगरपालिका–३ सनौलका ३० वर्षीय रमेश चौधरी थ्री स्टेसन मेसिनमा च्यापिएर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि दिउँसो १ बजे बाराको परवानी पुरस्थित एलएस न्युरो अस्पताल पुर्याइयो तर अस्पतालमा कार्यरत चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा प्रेस नोटमा उल्लेख रहेको छ ।
मृतक चौधरीको शव हाल सोही अस्पतालमा राखिएको छ । प्रहरीको प्रेस नोटमा उक्त दुखद घटनाबारे दिउँसो २ बजे अस्पतालमा कार्यरत प्रहरी कर्मचारी मार्फत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरलाई जानकारी प्राप्त भएको जनाइएको छ ।
मातहतका निकायहरुबाट प्रहरी टोली परिचालन गरेर आवश्यक अनुसन्धान सुरु गरेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले बताए ।
स्मरण रहोस, उद्योगभित्र काम गर्ने क्रममा भएको यस दुर्घटनाले मजदुरको कार्यस्थलमा दिइने सुरक्षा र औद्योगिक सुरक्षाका उपाय माथि पुनः प्रश्न उठाएको छ । प्रहरीले गम्भीर भएर सुक्ष्म अनुसन्धान गर्नुपर्ने स्थानीयले माग उठाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन