साँकेतिक तस्वीर
रौतहट, १६ कार्तिक । रौतहट प्रहरीले कटहरिया बजारबाट लागूऔषध नाइट्राजेपामका २२० ट्याब्लेट सहित एक भारतीय युवालाई पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका–५ कटहरिया बजारमा कोठा भाडामा लिएर बस्दै आएका भारतको बिहार सितामढी जिल्ला, भलुआहा गाउँका १९ वर्षीय शिवम महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
मोटरसाइकलमा राखेर मिठाई बिक्री गर्दै आएका महतोको कोठामा लागूऔषध लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि आइतबार राति १०ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय कटहरियाबाट खटिएको प्रहरी टोलीले छापा मारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
प्रहरीले उनको कोठाबाट Nitrazepam Tablet i.p 10 mg (I-SPAM 10 mg) का २२ पत्ता बरामद गरेको जनाए । प्रत्येक पत्तामा १० वटा ट्याब्लेटका दरले जम्मा २२० वटा ट्याब्लेट बरामद गरिएको डिएसपी बसन्त गौतमले जानकारी दिए ।
बरामद लागूऔषध सहित महतोलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन