वागमती सिंचाई आयोजनाका कर्मचारीहरु आन्दोलित, माग पुरा नभए कार्यालय ठप्प पार्ने चेतावनी

0 Shares

रौतहट, १७ कार्तिक । बर्षौ देखि ज्यालादारीमा काम गर्दै आएका वागमती सिंचाई आयोजनाका कर्मचारीहरु सेवा सुविधाको माग गर्दै धर्नाप्रदर्शनमा बसेका छन् ।
सेवा सुविधा, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित बागमती सिँचाइ आयोजना, कर्मैया सर्लाहीमा कार्यरत ज्यालादारी कर्मचारीहरू धर्ना प्रदर्शनमा उत्रिन बाध्य बनेका हुन् ।
पाँच बुँदे माग अघि सार्दै उनीहरूले आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाएर चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ज्यालादारी कर्मचारीहरु आफूहरूको सेवा सुविधा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नुपर्ने, दैनिक ज्यालादारी कर्मचारीको उमेर हद खारेज गर्नुपर्ने र कार्तिक ११ गते प्रकाशित सिँचाइ नम्र्समा आवश्यक सुधार गर्नुपर्ने माग राखेको हो ।
सिँचाइ विभागको पत्रसहित सिँचाइ मन्त्रालयमा दर्ता भएको नौ सदस्यीय समितिको सेवा सुविधा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनीहरूको प्रमुख माग रहेको छ । कर्मचारीहरुलाई चाडपर्व खर्च, पोशाक सुविधा, महँगी भत्ता उपलब्ध गराउनुका साथै सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने मागसमेत अघि सारेका छन् ।
माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलन चर्काउने चेतावनी दिँदै कर्मचारीहरूले हिजो १६ देखि २० गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम तय गरेर अनुसार धर्नामा बसेका छन् ।
आउदो मंसिर १ देखि ७ गतेसम्म कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरी धर्ना दिने र मंसिर ८ देखि १३ गतेसम्म सवारीसाधन प्रवेश गर्ने गेट तथा कार्यालयको मुख्यद्वार दुवैमा तालाबन्दी गरेर विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
ज्यालादारी कर्मचारी संघर्ष समिति तथा आन्दोलन परिचालन समितिका संयोजक सुरज पासवानका अनुसार मंसिर १४ गतेदेखि हेडवक्र्स ब्यारेजका गेटहरू सञ्चालन अवस्थामा राख्दै सम्पूर्ण ज्यालादारी कर्मचारीले काम बहिष्कार गरी माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिए । कर्मचारीहरूको आन्दोलन र धर्नाका कारण आयोजनाको नियमित कामकाज समेत प्रभावित हुन थालेको आयोजना श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।