नेपाली काँग्रेसको माघ १५ गते भनिएको १६ जिल्लाको अधिवेशन स्थगित

रौतहट, ७ माघ । नेपाली काँग्रेसको आउदो माघ १५ गते भनिएको १६ जिल्लाको अधिवेशन स्थगित गरिएको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै जाँदा १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशन माघ १५ गते भनिएका थिए । तर कोभिडको कारण १६ जिल्लाको अधिवेशन हालको लागि स्थगित गरिएको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको उनले बताए ।
