पछिल्लो २४ घण्टामा १०७०३ जनामा कोरोना संक्रमण भएको पुष्टि

   ७ माघ २०७८, शुक्रबार १९:१७  

रौतहट, ७ माघ । नेपालमा पनि कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दै गएको छ ।
पछिल्लो २४ घण्टामा २३०९२ जनामा परिक्षण गर्दा १०७०३ मा कोरोना संक्रमण भएको पुष्टि गरिएको हो ।
मुलुकको विभिन्न ल्यावहरुमा १८ हजार ६१८ परीक्षण गर्दा ८ हजार ८१५ र ४ हजार ४७४ परीक्षणमा १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।
२४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १९ हजार ५७५ जना अस्पतालबाट डिष्चार्ज भई घर फर्किएका छन् । यो अवधिमा कोभिडबाट ३ जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म ११ हजार ६३५ पुगेको छ । सक्रिय संक्रमित संख्या ६५ हजार ३७४ जना छन् ।
पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४०१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै