रौतहट, १९ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहिवार भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको बताइएका हुन् ।
नेपालको दुई दिने औपचारिक भ्रमणको शिलशिलामा हिजो काठमाडौं आइपुगेका भारतीय विदेश सचिव मिश्रीले आफ्नो उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिँदै प्रधानमन्त्री शाहसँग भेट गरे ।
प्रधानमन्त्री शाह संग भेटका क्रममा मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास, पूर्वाधार विस्तार र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध, आपसी हित, कनेक्टिभिटी, व्यापार र सांस्कृतिक सम्बन्धका विभिन्न पक्षमा सकारात्मक छलफल भए ।
नेपाल र भारतबीच लामो समय देखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई बदलिँदो परिस्थिति अनुसार थप प्रभावकारी बनाउने तथा दुई देशबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा समेत कुराकानी भए ।
भारतीय विदेश सचिवको यस भ्रमणलाई दुई देशबीचको कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा मानिएको छ । विशेषगरी द्विपक्षीय सहयोगका बाँकी विषयमा समझदारी निर्माण गर्न, आपसी विश्वास अभिवृद्धि गर्न र उच्चस्तरीय संवादलाई निरन्तरता दिन यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने कूटनीतिक वृत्तको बुझाइ रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन