मन्त्री रेणु यादवको अभिव्यक्तिबाट आएको तरंग

   माघ ८, २०७८  
1.1K Shares

रौतहट, ८ माघ । देउवा सरकारमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको विवादास्पद भाषणले हिंसा भड्काउने अवस्थाको सृजना गरेको छ ।
मधेशको पहिलो सहिद रमेश महतोले दिएको सहादत भएको दिनलाई मधेश सरकार बलिदानी दिवसको रुपमा मनाउदै गरेको छ । सोही अवसरमा जसपाको युवाहरुद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएकी देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउत प्रति लक्षित गर्दै दिएको विवादास्प अभिव्यक्तिले सिंगो नेपालमै तरंग ल्याएको हो ।
जनमत पार्टीले तराईमधेशका विभिन्न जिल्लामा किसानले समयमा मल नपाएको, झूटा मुद्दा लगाइएको लगायतका मुद्दा उचाल्दै निरन्तर आन्दोलन गरिरहेको छ । उसले संघिय र प्रदेश सरकारका मन्त्रीहरूलाई बहिष्कार गर्ने नीति लिएको छ । बुधबार पनि गौरमा जनमत पार्टीका कार्यकर्ताले मन्त्री यादवलाई ठाँउ ठाँउमा कालो झण्डा देखाउदै लखेट्ने प्रयास गरे तर सुरक्षाघेरामा उनी सम्बोधन गरेकी थिइन ।
सम्बोधनको क्रममा मन्त्री यादवले २०६३ को ‘गौर नरसंहार’ को उदाहरण दिँदै हिंसा भड्काउने खालको अभिव्यक्ति दिएकी हुन् । उनले सीके राउतसँग कुनै एजेन्डा नै नभएको पनि आरोप लगाइन् । मधेसको एजेन्डा स्थापित गर्न सिंहदरबार घेर्ने हिम्मत भए आफूले पनि साथ दिने उनको भनाइ थियो ।
रौतहट जिल्ला प्रशासन कार्यालयले आन्दोलन जारी रहेकाले कार्यक्रम नगर्न सल्लाह दिए पनि कार्यक्रम नरोकेको परिणाम गौर घटना भएको उनी स्पष्ट पारिन । उनी भनिन गौरको मानिसहरु लाठी भाँज्न माहिर छन् जेपनि गर्न सक्दछन्, मन्त्री यदाव सिके राउतलाई पनि नभई गौरको जनतालाई पनि नराम्ररी आरोप लगाउदा उनी अहिले निकै विवादमा छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै