रौतहट, २४ बुधवार । जनता समाजवादी पार्टी प्रति बढ्दो जन विश्वासलाई अक्षरस पालना गर्दै अव प्रदेशमा मात्रै सिमित नरही सिंह दरवारको संघिय शासन व्यवस्थाको जिम्मेवारी सम्हाल्ने मिसनमा जसपा अघि बढेको प्रदेश नम्वर २ का मुख्य मन्त्री लालबाबु राउतले बताएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको मत्सरी स्थित दुर्गा मन्दीर परिसरमा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएको धर्मशाला भवनको मंगलवार राति एक समारोहका विच उदघाटन गर्दै मुख्य मन्त्री राउते संघिय सरकार जनताको जवाफदेहिता पुरा गर्न नसकेको, जताततै अराजकता बढेको, सत्तामोहमै अघिबढ्दा जनताहरुको विश्वास घट्दै गएकोमा जनताको एकमात्र भरोसाको केन्द्रबिन्दु जनता समाजवादी पार्टी भएको हुँदा आउदो समयमा सिंहदरबारको नेतृत्व गर्ने स्पष्ट पारे ।
हिजो दुई पार्टी थियौं तर आज हामी एकजुट भएर अघि बढिरहेका छौं, संघिय सरकारको गतिविधिको कारण जनतामा उत्पन्न असन्तुष्टिलाई दृष्टिगत गर्दै प्रदेश २ को साथै अन्य प्रदेशमा जसपाको सरकार बन्ने बताउदै मुख्य मन्त्री राउतले संघिय सरकारको सुशासन विरोधी एवं संघियता विरोधी कार्यबाट व्यवस्था माथि उत्पन्न भईरहेको वितृष्णालाई चिर्दै संघिय सरकारको नेतृत्य जसपाले दिएर मुलुकमा संघिय गणतन्त्रलाई मजबुत बनाउने धारणा व्यक्त गरे ।
प्रदेश सरकारबाट आठै जिल्लामा विकासको हरसम्भव प्रयासरत रहेको छ तर संघिय सरकारबाट विनियोजित हुने बजेट त्यस अनुरुप प्राप्त नहुँदा विकास निर्माणमा बाधा उत्पन्न भईरहेको बताए । सिमित साधन श्रोतबाट कामकाज भईरहेको परिवेश एकातिर छ अर्को तिर जनताहरुको इच्छा अपेक्षा अर्का तिर भएपनि आवश्यक्ता अनुरुप प्रदेशबाट हर सम्भव हरेक क्षेत्रमा कामलाई प्राथमिकताको साथ अघि बढाइरहेको स्पष्ट पारे ।
वागमती र लाल बकैया नदिलाई नियन्त्रणको प्रयासको कार्य अघि बढाउने प्रयासरत रहेको, संघिय सरकारको मातहतमा रहेका यी नदीहरुलाई समयमै नियन्त्रण गर्न संघिय सिंचाई मन्त्री संग यथाशिघ्र कुरा गरेर समस्या समाधान तर्फ प्रदेश सरकार यथोचित पहल गर्ने बताए ।
संघिय साँसद तथा पूर्व मन्त्री अनिलकुमार झाले वागमती र लाल बकैया नदीबाट बर्षेणी हुने गरेको क्षति सम्बन्धमा संघिय संसदमा पटक पटक उठाएपनि संघिय सरकार गम्भीर नरहेको आरोप लगाए । रौतहट सर्लाही जिल्लाको अभिशापको रुपमा रहेको वागमती तथा लाल बकैया नदीको बाँधलाई व्यवस्थित गर्न सकिएन भने ठूलो जनधनको क्षति हुने आशंका व्यक्त गरे । संघिय सरकारको तराई मधेश प्रति हेर्ने दृष्टिकोर्णमा धेरै भिन्नता रहेको हुँदा विकास निर्माण लगायत प्राकृतिक विपदालाई निर्मुलीकरणमा ध्यान नदिएको बताए ।
अति पिछडिएका ६ वटा जातिको परिवारलाई १२५० पक्कि घर बन्ने, केन्द्रीय योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत १२ सय परिवारलाई ५० हजारको दरले सहयोग गर्ने योजना चाडै सुरुआत हुने भएको हुँदा दलितहरुलाई अरुको मुख हेर्नुपर्ने अवस्था नहुने बताए ।
कृषि, भुमि व्यवस्था राज्य मन्त्री योगेन्द्र यादवले जनताहरुको चाहना अनुसार प्रदेश सरकार विकास हर सम्भव पुरा गरिरहेको बताउर्दै मुख्यमन्त्री स्वच्छता अभियानबाट रौतहटमा पोखरी सौन्दर्यीकरण, शौचालय निर्माण, वाक वे, छठ घाट लगायत जनताहरुलाई चाहिने आधारभुत आवश्यक्ता पनि ध्यान दिई कार्यक्रमहरु अघि बढ्दा प्रदेश सरकार प्रति जनताहरुको विश्वास बढेको जिकिर गरे ।
भौतिक पुर्वाधार विकास राज्य मन्त्री डा. डिम्पल झा, प्रदेश साँसद बाबुलाल साह, दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुणकुमार साह, उपाध्यक्ष मंजु झा, वडाध्यक्ष धर्मेन्द्रकुमार झा, जसपाको केन्द्रीय सदस्य रेबन्त झा, अनिल सिंह, इन्जिनियर भगवान झा, दुर्गा मन्दीरको संयोजक उमेश चौधरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
गजेन्द्र पोखरीको सौन्दर्यीकरणको शिलान्या
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहटको गढिमाई नगरपालिकाको वडा नम्बर ८ बिनगरा स्थित गजेन्द्र पोखरी सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
पोखरीको सौन्दर्यकरणको शिलान्यास गर्दै प्रमुख अतिथी जनता समाजवादी पार्टीका नेता तथा संघिय सांसद अनिलकुमार झा र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा शिलान्यास गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथी सांसद झाले प्रदेश सरकारले सुरु गरेको बिकास निर्माणको योजनाले जनतालाई संघियताको अनुभुती गराएको बताए । प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुले अन्य प्रदेशको तुल्नामा बिकासको नमुना प्रस्तुत गरेको स्पष्ट पारे ।
मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यटकिय बिकासमा कोशे ढुङ्गा साबित हुने तथा यो अभियान जानकी मन्दिरबाट थालनी भएको योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सास्कृतिक धरोहरहरुको सौन्दर्यिकरण गर्दै प्रदेशलाई धार्मिक सास्कृतिक पर्यटनको हब बनाउने योजना रहेको धारण राखे ।
मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर निर्माण, वाक वे, शौचालय निर्माण सहितको कार्यक्रम रहेकोे जनाइएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गढीमाईको मेयर श्यामप्रसाद यादव, जनता समाजवादी पार्टीका नेता बृज किसोर यादव, माधव नारायण नपाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा सहितले आ—आफ्नो धारण राख्नु भएको थियोे ।