नेपाल प्रहरीमा तल्लो तहको पदमा परिवर्तन गर्ने निर्णय स्वागतयोग्य

757 Shares

रौतहट, ८ माघ। नेपाल सरकारको गृह मन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीमा व्यापक परिवर्तन गरेको छ । नेपाल प्रहरीको स्थापनाको सात दशक पछि गृह मन्त्री खाणले तल्लो तहका प्रहरी कर्मचारीलाई न्याय हुने गरी सो परिवर्तन गरिएको हो ।
खाणले प्रहरी नियमावली मन्त्रिपरिषदमा लगेर संशोधन गराएका छन् । संशोधनसँगै नेपाल प्रहरीका इन्स्पेक्टरभन्दा तल्लो दर्जामा कार्यरत २० हजार ५ सय ९४ जना सुरक्षाकर्मीको बढुवा खुलेको छ । एकै पदमा वर्षौदेखि निरिह भएर बसेका साना दर्जाको प्रहरीको मनोबल बढाउने गरी खाणले काम थालेका हुन् ।
सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईमा बढुवाका लागि प्रक्रिया शुरु भएको छ । गृहमन्त्री खाणको बोल्ड निर्णयलाई प्रहरी भत्र ऐतिहाँसिक भनेर स्वागत गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् एसएसपी विष्णु केसीले तीन महिना भित्र संशोधित नियमावली अनुसारका पदमा बढुवा गरिसक्ने तयारी रहेको बताएका छन् । प्रहरीमा ट्रेनी समेत ४७ हजार ५३ जना जवान छन् ।
१५ हजार ५ सय २७ जना सहायक हवल्दारमा बढुवा हुँदैछन् । हवल्दार पदमा कार्यरत २५ प्रतिशतलाई वरिष्ठ हवल्दारमा बढुवा गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । १४ हजार ९ सय ८९ जना हवल्दार छन् । उनीहरू मध्येबाट ३ हजार ७ सय ४७ जना बरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । १ हजार ३ सय २० जना प्रहरी नायव निरीक्षक (सई) बाट बरिष्ठ सईमा बढुवाका लागि प्रतिस्पर्धामा छन् ।
प्रहरीमा ४ हजार २९६ जना सई कार्यरत छन् । उनीहरूमध्येबाट १ हजार ३ सय २० जना वरिष्ठमा बढुवा हुन्छन् । प्रहरी भित्र ठूला पदमा मात्रै अघिल्लो गृह मन्त्रीहरूले बढुवामा रुचि राख्ने गर्दथे । यस पटक गृहमन्त्री खाणले ठूला पदमा भन्दा पनि प्रहरीका साना पदमा रुचि देखाएका छन् ।
साना पदका प्रहरी कर्मचारीहरूको मागको सुनुवाई कम हुँदै आएकोमा यस पटक गृहमन्त्री खाण आफैले साना पदमा रहका प्रहरीको माग धमाधम पूरा गरिदिएका छन् ।
गृहमन्त्री खाणको यो प्रस्तावलाई प्रहरीहरूले रुचाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि साना पदका प्रहरीको बढुवामा रुचि देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार