माओवादी सुप्रिमो प्रचण्डको बोली फेरिदै

काठमाडौं, ८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले निर्वाचन सम्बन्धि दिएको बाली फेर्न थालेका छन् ।
उनले भन्ने गर्दथ्यो निर्धारित समयमै स्थानीय तहको निर्वाचन हुनेछ तर हिजो सम्म स्थानीय तहको निर्वाचन गरौं भन्ने प्रचण्डले अब बैशाखमा संसदीय निर्वाचन गराउ भन्न थालेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको बोलीमा प्रचण्डले बोली मिलाउन थालेका छन् । एमालेले संसद् चल्न नदिएकाले वैशाखमै संसदीय चुनाव गर्ने र आगामी कात्तिकमा स्थानीय तहको निर्वाचन गर्न उनले प्रस्ताव गरेका छन् ।
प्रचण्डले आज बस्ने सत्तारुढ गठबन्धनको बैठकमा यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् । उनले बुधबार नै यस्तो प्रस्ताव कांग्रेस नेताहरूसमक्ष पठाइसकेका छन् । प्रचण्डको यस्तो प्रस्तावले कांग्रेसमा सनसनी मच्चिएको छ । काँग्रेस नेताहरू वैशाखमा स्थानीय तहको निर्वाचन गर्न चाहिरहेका छन् ।
तर, प्रचण्डले वैशाखमा संसदको निर्वाचन किन भन्ने कुराले कांग्रेस नेताहरू संशयमा परेका छन् । यदि संसदीय निर्वाचनमा राम्रो सिट कांग्रेसले तालमेल नगरेमा प्रचण्ड फेरि पनि ओलीसँग मिल्ने कांग्रेस नेताहरूको आशंका छ ।