१४ जनाको मृत्युमा राज्यको मौनताप्रति पीडित परिवारको आक्रोशः उचित क्षतिपूर्ति र दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान

0 Shares

हेटौडा, २७ कार्तिक । एकै गाउँका १३ जना गरी १४ जनाको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाका पीडित परिवारले उचित क्षतिपूर्ति, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
मृतकका आफन्तहरुको तर्फबाट मधेश प्रदेशका पूर्व अर्थमन्त्री संजाय यादवले हेटौडा अस्पताल बाहिर संचारकर्मी कुरा गर्दै पीडित परिवारले दुईवटा प्रमुख माग अघि सारेको छ । उक्त माग पूरा नभएसम्म पोस्टमार्टम प्रक्रिया अघि बढाउन तथा शव बुझ्न तयार नभएको बताए ।
दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् भने एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक वर्षका अबोध बालक समेत छन् । बालकले आफ्ना अभिभावक समेत गुमाएको अवस्थामा उनको भविष्य, लालनपालन, पोषण र जीवनयापनको जिम्मेवारी कसले लिने भन्ने गम्भीर प्रश्न समेत उनले उठाए ।
पीडित पक्षले यस्तो ठूलो मानवीय क्षति हुँदा पनि नेपाल सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनीहरूले स्थानीय प्रशासन मार्फत नेपाल सरकारले पीडित परिवारसँग प्रत्यक्ष संवाद गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग अघि सारे ।
पीडित पक्षका प्रतिनिधिहरु स्थानीय प्रशासनको व्यवहारप्रति पनि आपत्ति जनाए । प्रमुख जिल्ला अधिकारीले सवारीधनीबाट प्राप्त हुने क्षतिपूर्ति लिएर शव बुझ्न आग्रह गरेको तर पीडित परिवारको दीर्घकालीन अवस्था र भविष्यप्रति राज्यले पर्याप्त संवेदनशीलता नदेखाएको उनीहरूको आरोप छ । ’स्थानीय प्रशासन भनेको नेपाल सरकारकै प्रतिनिधि हो । यस्तो ठूलो दुर्घटनामा १४ जना र एउटै परिवारका ६ जनाको मृत्यु भएको छ । एक वर्षको अबोध बालकले समेत अभिभावक गुमाएको छ । यस्तो भयाभय अवस्थामा राज्यले पीडितसँग संवाद गरेर उनीहरूको भविष्य सुनिश्चित गर्न अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ,’ पीडितको तर्फबाट पूर्व अर्थमन्त्री यादवले अडान लिए ।
आफनो मागलाई अस्वाभाविक नभई मानवीय र न्यायोचित भएको दाबी गरे । सवारीधनीबाट प्राप्त हुने क्षतिपूर्ति मात्रै पर्याप्त नहुने भन्दै नेपाल सरकारको तर्फबाट पनि उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरूको प्रमुख माग छ ।
यस्तै दुर्घटनाको निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र भविष्यमा यस्ता दुःखद घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने माग उठाए ।
पीडित परिवारले राज्यले उचित क्षतिपूर्ति, राहत तथा दोषीमाथि आवश्यक कारबाहीको सुनिश्चितता नगरेसम्म शव नबुझ्ने अडान दोहोर्याउँदै यस दुःखद घडीमा नेपाल सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
छठ पर्व मनाउन आउने क्रममा भएको यस्तो दर्दनाक हादसाका पिडित परिवारलाई राज्यले समयमै सम्बोधन नगर्नुबाट मधेशका नागरिकलाई हेर्ने दृष्टिकार्णमा कति फरक छ यसैबाट प्रष्ट भएको पूर्व अर्थमन्त्री यादवले यसरी आक्रोश पोखे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।