मस्जिदबाट पक्राउ परेका ६ बंगलादेशी नागरिक दुई घण्टामै रिहाः छुटाउन जनप्रतिनिधिहरु प्रहरी माथि बनाए दवाव

0 Shares

वीरगञ्ज, २७ कार्तिक । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौ स्थित एक मस्जिदबाट पक्राउ परेका ६ जना बंगलादेशी नागरिक पक्राउ परेको झण्डै दुई घण्टामै रिहा भएको घटनाले सुरक्षा निकायको कार्यशैली माथि प्रश्न चिन्ह खडा भएका छन् ।
तराई टपलाई प्राप्त जानकारी अनुसार, मस्जिदबाट पक्राउ परेका ६ जना बंगलादेशी मुस्लिम नागरिकलाई रिहा गराउन वीरगञ्ज महानगरपालिका–१७ का वडा अध्यक्ष सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू रातारात प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरी कार्यालयमै पुगेर जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले पहल गरेपछि पक्राउ परेका उनीहरूलाई करिब दुई घण्टाभित्रै रिहा गराउन सफल भए ।
विदेशी नागरिक पक्राउ परेको विषय सामान्य घटना होइन ? यस्तो अवस्थामा उनीहरूको पहिचान, नेपाल प्रवेशको उद्देश्य, प्रवेश अनुमति, भिसा तथा अन्य आवश्यक कागजातको छानबिन गर्नु सुरक्षा निकायको दायित्व हुन्छ । तर, पक्राउ परेको छोटो समयमै उनीहरू रिहा हुनाले पर्सा सुरक्षा निकाय माथि गम्भीर प्रश्नहरू जन्माएको छ ।
के उनीहरूको आवश्यक कागजात र पहिचान पूर्ण रूपमा जाँच गरिएको थियो ? अनुसन्धान प्रक्रिया पूरा नगरी रिहा गरिएको हो वा उनीहरू निर्दोष रहेको पुष्टि भएपछि छाडिएको हो ? प्रहरी कार्यालय पुगेर रिहाइका लागि पहल गर्ने जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूको भूमिका कस्तो थियो ? यी विषयलाई समयमै पर्सा प्रहरीले यथार्थ तथ्यलाई सार्वजनिक गरेमा मात्रै बास्तविक कुराको पत्ता लाग्ने छ ।
विदेशी नागरिकसँग सम्बन्धित संवेदनशील विषयमा राजनीतिक दबाब वा प्रभावका आधारमा निर्णय भएको हो कि कानुनी प्रक्रिया अनुसार नै रिहाइ गरिएको हो भन्नेबारे स्पष्ट पार्नुपर्ने देखिन्छ ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्सा तथा सम्बन्धित प्रहरी प्रशासनको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।