रौतहट, ३० कार्तिक । रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरमा स्कुटर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
यमुनामाई गाउँपालिकाको झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएका हुन् ।
दुर्घटनामा परी रौतहटको गुजरा नगरपालिका–७ निवासी सत्यनारायण हजरा दुसाधका २५ वर्षीय छोरा सुनिल हजरा र भारतको सीतामढी जिल्ला भकुरहर जमुआका मुनिलाल पासवानका १८ वर्षीय छोरा अनिकेत पासवानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घाइते सुनिल र अनिकेतलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले दिउँसो ४ः३० बजेको समयमा दुबैलाई मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा यमुनामाई गाउँपालिका–५ झुनखुनवाका रामप्रसाद पासवानका १५ वर्षीय छोरा आकाश पासवान घाइते भए । उनको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ । प्रादेशिक अस्पताल गौरमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले बताए ।
यस्तै, भारतको सीतामढी जिल्ला भकुरहर ग्रामका राजकुमार पासवानका १६ वर्षीय छोरा प्रिन्स पासवान घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाइएको छ । उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाए ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बडहर्वाबाट प्रहरी सहायक निरीक्षक सियाराम साहको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा परेको स्कुटर प्रहरी चौकी बडहर्वाको नियन्त्रणमा रहेको छ ।
घटनाको अनुसन्धान प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन