रौतहट, १ मंसिर । नेपाली कांग्रेसले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै मतदातासँग विश्वासको सम्बन्ध पुनः स्थापित गर्ने उद्देश्य सहित मंगलबार देखि एक महिने अभियान संचालन गर्ने भएको छ ।
‘हामी तयार छौं’ आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरी सञ्चालन हुन लागेको अभियानमा देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता परिचालन गरिने भएको हो ।
कांग्रेस सभापति गगन थापाको नेतृत्वमा सञ्चालन हुने अभियान मार्फत वडा देखि केन्द्र सम्मका नेता तथा कार्यकर्ता प्रत्यक्ष रूपमा मतदाता र स्थानीय नागरिक सँग जोडिने छन् । अभियानको मुख्य उद्देश्य पार्टीबाट टाढिएका मतदाताको विश्वास पुनः जित्नु, संगठनलाई चलायमान बनाउनु र आउदो स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्नु रहेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
महामन्त्री पौडेलका अनुसार अभियानका क्रममा कांग्रेसका नीति, विचार, धारणा तथा गतिविधिबारे आम नागरिकलाई जानकारी गराउनुका साथै विगतमा कांग्रेसलाई मतदान गर्दै आएका तर पछिल्लो समय पार्टीबाट टाढिएका मतदाता सँग प्रत्यक्ष संवाद गरिनेछ ।
विशेषगरी मतदाताका गुनासा, प्रश्न र असन्तुष्टि सुन्ने तथा उनीहरूका जिज्ञासाको जवाफ दिने गरी अभियानलाई जनतासँगको संवादमा केन्द्रित गरिने उनले जनाए ।
अभियान अन्तर्गत आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि अपनाइने ‘प्राइमरी इलेक्सन’ प्रक्रियाबारे समेत आवश्यक तयारी र छलफल गरिने जनाइएको छ । त्यसैगरी जिल्ला तथा प्रदेश तहमा पार्टीका अधिवेशन, संगठन विस्तार र अन्य सांगठनिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाइने छ ।
महामन्त्री पौडेलले कांग्रेस अहिले प्रतिपक्षमा रहे पनि राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न पार्टी तयार र प्रतिबद्ध रहेको सन्देश जनतामाझ पुर्याउन अभियान सञ्चालन गर्न लागिएको बताए ।
एक महिना सम्म संचालन हुने यस अभियान मार्फत कांग्रेसले संगठनात्मक शक्ति परीक्षण गर्नुका साथै जनता सँगको सम्बन्ध सुधार र आगामी निर्वाचनको आधार तयार गर्ने रणनीति लिएको पार्टीले जनाए ।
तीन लाख नेता–कार्यकर्ता एकैपटक जनताको घरदैलोमा पुग्ने लक्ष्यसहित सुरु हुन लागेको ‘हामी तयार छौं’ अभियानले कांग्रेसको संगठनात्मक सक्रियता र मतदाताको विश्वास पुनः फर्काउने प्रयासलाई प्रभावकारी बनाउने पार्टीले विश्वास लिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन