रौतहट, २ मंसिर । गौर नगरपालिका–१ स्थित कानुपट्टी नजिकै रहेका नेपाल भारत सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा उक्त गोली फेला पारेका हुन् ।
सेतो प्लास्टिकको झोला भित्र राखिएको अवस्थामा ९ एमएमको २७ राउण्ड गोली बरामद भएपछि सीमा क्षेत्रमा भएर अपराधीक कार्य भईरहेको पुष्टि भएको छ ।
सीमा क्षेत्रमा एकैपटक ठूलो संख्यामा गोली बेवारिसे अवस्थामा फेला परेको घटनालाई लिएर सुरक्षा संवेदनशीलता माथि प्रश्न चिन्ह् खडा भएका छन् । गोली कसले, कुन प्रयोजनका लागि र कसरी सीमा क्षेत्रमा ल्याएर छाडेको हो भन्ने विषयमा अन्यौल रहेपनि प्रहरीले गहन अनुसन्धान सुरु गरेको श्रोतबाट बुझिएका हुन ।
सीमा क्षेत्र भएर हुने अवाञ्छित कार्यलाई रोक्न स्थानीय प्रहरी प्रशासनले जति सुकै दाबी गरेपनि तस्करी कार्य नियन्त्रण नहुनु तथा सीमा क्षेत्रमा पेस्तोलमा लाग्ने ठूलो संख्यामा गोली बरामद हुनु कार्यबाट सीमा क्षेत्रको सुरक्षा व्यवस्था माथि प्रश्न स्थानीयले खडा गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन