रौतहट, २ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला बीच सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएका छन् ।
बुधबार सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा आएको रसुवा–भोटेकोसी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोग प्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाए ।
त्यस अवसरमा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेला सँग छलफल गरेका थिए । जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्तालाई ऐतिहासिक र महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन नेपाल र भारतका सम्बन्धित निकायहरु बीच तीव्र रूपमा गृहकार्य भइरहेको बताए ।
भेटवार्तामा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत विचार विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाए ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र उच्चस्तरीय कूटनीतिक संवादलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण हुने बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन