रौतहट, ३ मंसिर । रौतहटको चन्द्रनिगाहपुरबाट छुटेका टाटा सुमो यात्रुबाहक जिप मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै आज विहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
विहिवार विहान ८ः५५ बजेको समयमा ना.१ ज २१४३ नम्बरको सुमो जिप त्रिभुवन राजपथ सडक खण्ड अन्तर्गत पर्ने भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै अनियन्त्रित भई सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेपछि उक्त दुखद दुर्घटना भएका हुन् ।
भीषण जिप दुर्घटनामा परी मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेका हुन् । दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै रौतहट जिल्लाका बासिन्दा रहेको मकवानपुर प्रहरीले जनाए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा, चन्द्रनिगाहपुर नगरपालिका–४ की २२ वर्षीया अस्मिता तिमल्सिना र सोही ठाउँकी २५ वर्षीया अनुसा लामाको रुपमा पहिचान खुलेको छ ।
दुर्घटनामा परी घाइते हुनेमा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर रहेको बताइएकाृ छ ।
घाइतेहरु मध्ये कालुमान लोप्चन दुर्घटनाग्रस्त सुमोका चालक रहेको प्रहरीले जनाए । दुर्घटनामा परेका सबैको सबैको उद्धार गरी घाइतेहरूलाई उपचारका लागि पठाइएको प्रहरीले बताए ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
काठमाडौंबाट सर्लाही तर्फ आउदै गरेका इभी गाडी भिमफेदीको चिसापानी गढीमा ५० मिटर तल खसेर १४ जनाको मृत्यु भएको दुर्घटनाको साता दिन नवित्दै पुनः सोही सडक खण्डमा दुर्घटना भएपछि सडक दुर्घटना प्रति राज्य अलिकति प्रति सम्बेशदनशिल नदेखिएको कारण घटना दोहिरिदै गएको विज्ञहरु बताउँछन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन