झुनखुनवा चोकमा युवकलाई चक्कु प्रहार, अपराधी फरार, आक्रोशित स्थानीयद्वारा गौर–चन्द्रपुर सडक खण्ड अवरुद्ध

0 Shares

रौतहट, ६ मंसिर । रौतहटमा अपराधी सलबलाउदै, सुरक्षाकर्मीकै अगाडी युवक माथि धारिलो चाकु प्रहार, अपराधी फरार भएपछि आक्रोेशत स्थानीयद्वारा सुरक्षा व्यवस्थाको विषयलाई लिएर चक्का जाम ?
गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोक देखि ५० मिटर दक्षिणमा एक युवकलाई चक्कु प्रहार गरी आक्रमणकारी फरार भएका छन् ।
घटना स्थल नजिकै सशस्त्र प्रहरीको टोली चेकजाँचमा खटिएको भए पनि आक्रमणकारी फरार हुन सफल भएको भन्दै स्थानीयवासीले प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठाए हुन् ।
पिडित स्थानीयका अनुसार साँझ ५ः५० बजेको समयमा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले राजपुर नगरपालिका–१ भगवानपुर निवासी रविन्द्र यादवका ३५ वर्षीय छोरा राजेश यादवमाथि धारिलो चाकु प्रहार गरे । आक्रमणपछि ती व्यक्ति आफ्नो मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएको स्थानीयले बताए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको प्रारम्भीक जानकारीमा घटना भएको पुष्टि गरे । तर घटना भएको समय निकै लम्बीएको देखियो । स्थानीयको भनाईमा ५.५० मा छ भने प्रहरीले उपलब्ध गराएको जानकारीमा ७.५ देखिदा त्यती नजिकै रहेको बम नगरको टोली माथि पनि प्रश्न चिन्ह तेश्रिएका छन् ।
जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवं डिएसपी लक्ष्मण बहादुर शाही संग बुझ्दा घटना भएको १० मिनेटमै जानकारी प्राप्त भएको हुँदा तपाईहरुलाई जुन सुचना गएको छ त्यसमा १८ बजेको साटो १९ बजे भएको बताए । घटनास्थलमा चाकु प्रहार गर्ने व्यक्ति मोटरसाइकल छाडी फरार भए । प्रहरीले विआर ०१ इडब्लु०६२७ नम्वरको मोटरसाइकल नियन्त्रणमा लिएको बुझिएको छ ।
भाइरल भिडियोमा स्थानीयले आरोप लगाइरहेको छ घटनास्थलमा सशस्त्र प्रहरीले कुनै रेस्पोन्स लिएन भन्ने प्रश्नको जवाफमा डिएसपी शाहीले त्यसो नभएको होला । प्रहरीले घटनालाई सुक्ष्म अनुसन्धान सुरु गरेको छ तथा अवरुद्ध सडक खोलाउन स्थानीय संग छलफल वातावरण तयार भईरहेको बताए ।
यस विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका एसपी चेतराज जोशीले भिडमा मानिसले जस्तो सुकै कुरा गर्न सक्न, बोल्न सक्छ तर त्यसको यथार्य वेग्लैै हुन्छ । बंकुलको टोलीले समातेको कपडा बुझाउन आइरहेको वेला उक्त घटना भएको बताए ।
घटनास्थलबाट टाढा रहेको कारण आउदा आउदै अपराधी भागे । फतुवा बेसलाई सक्रिय बनाएर अपराधी समात्न भनियो र घाइते युवकलाई सशस्त्र प्रहरीले नै लिएर उपाचारको लागि प्रादेशिक अस्पताल ल्याएको उनले दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।