प्रसूति गराउन भर्ना भएकी २१ वर्षीया महिलाको मृत्यु प्रकरणः बरहथवा अस्पतालमा तोडफोड र आगजनी, ३० लाखको क्षति; चार जना पक्राउ

0 Shares

सर्लाही, ७ मंसिर । प्रसूति गराउन अस्पताल भर्ना भएकी २१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर आक्रोशित आफन्तले बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी भएको छ ।
चिकित्सकको चरम लापरवाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै इमरजेन्सी कक्षमा आगजनी गरेको हो ।
आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको बुझिएको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमराका ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार नियन्त्रणमा लिइएका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याइएको छ ।
बरहथवा नगरपालिका–५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो । प्रसूति गराउन उनलाई तीन दिनअघि बरहथवा नगर अस्पतालमा भर्ना भएकी थिइन । उपचारकै क्रममा उनको मृत्यु भएपछि चिकित्सकको लापरबाही भएको भन्दै आफन्त आक्रोशित बनेका थिए ।
आक्रोशित समूहले अस्पताल परिसरमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेको अस्पतालका सूचना अधिकारी राजेश कुमार रौनियारले बताए ।
तोडफोड र आगजनीबाट अस्पतालको भौतिक संरचना तथा उपचारमा प्रयोग हुने उपकरणमा गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनापछि अस्पतालको अवस्था केही समय तनावग्रस्त बनेको थियो । असुरक्षाको अवस्था सिर्जना भएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी र उपचारका लागि आएका बिरामीसमेत अस्पताल छाडेर बाहिरिन बाध्य भए । घटनाका क्रममा केही चिकित्सक माथि कुटपिट समेत भएको अस्पतालले जनाए ।
मृतक महिलाको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाए ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भईरहेको तथा आवश्यक अनुसन्धान जारी रहेको डिएसपी गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।