zoom conference meeting app download for zoom app zoom studio download zoom cloud meetings download free zoom sound wont work on laptop download zoom client windows 10

गौर घटना दोह्राउने मन्त्री रेणु यादवको विवादास्पद अभिव्यक्तिको चौतफी रुपमा आलोचना

   ९ माघ २०७८, आईतवार १३:३२  

रौतहट, ९ माघ । देउवा सरकारमा भौतिक निर्माण तथा यातायात मन्त्री रेणुकुमारी यादवकले हालै सिके राउत प्रति लक्ष्ति गर्दै दिएको विवादस्पद अभिव्यक्तिको अहिले चौतफी रुपमा विरोध भईरहेका छन् ।
नेपाल सरकारको जिम्मेवारी पदमा रहेका मन्त्री यादवले आफनो पद र गरिमालाई ताकमा राख्दै पुन ः गौर घरना दोह्याउने चेतावनी दिदै “आगो संग सिके राउत खेलमा नष्टनाबुत हुने, गौरको मान्छेहरु भाटा भाज्न माहिर छन्, सबैजनालाई घेरेर यही मार्ने” जस्ता चेतावनी दिएको थियो ।
माघ ५ गते सहिद रमेश महतोको शहादत दिएको दिनलाई वलिदानी दिवसको अवसरमा जसपा नेपालको युवाहरुद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गौर आउने क्रममा सिके राउतका नेता एवं कार्यकर्ताहरुले कालो झण्डा देखाउनुको साथै कार्यक्रम स्थलमा जान नदिने विरोध प्रदर्शन गरिरहदा कडा सुरक्षा घेरमा विच उनी कार्यक्रम स्थल गौरको व्यारेक मैदानमा पुगेर सिके राउत विरुद्ध गर्जेकी थिइन् ।
किसानहरुको समस्यालाई लिएर सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीले आन्दोलन गर्दै आएको छ । किसानको समस्या समाधान गर्न यथोचित रुपमा सन्बोधन गर्दै किसान संग माफी नमागे सम्म संघिय सरकारको कुनै पनि मन्त्रीलाई मधेश प्रवेशमा रोक लगाउने चेतावनी दिदै आएको अवस्थामा देउवा सरकारमा भौतिक तथा यातायात मन्त्री यादव गौर आउदा उनलाई लखेट्न खोज्दा उनी आफनो आक्रोश एवं भडास उग्र भएर निकालिन ।
राउतविरुद्ध धावा बोल्दै मन्त्री यादवले गौर नरसंहारको झल्को दिने गरी बुधबार दिउँसो सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता हातमा फराठा (बाँसको लठ्ठी) बोकेर सदरमुकाम गौरमा भेला भएका थिए ।
राउतका कार्यकर्ताहरू गौर घटना भएको समयमा झैं हातहातमा बाँसको फराठा बोकेर आएका थिए । गौर घटनाका बेला पनि फराठा नै प्रयोग गरी २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । मन्त्री यादवले कार्यक्रममा भनिन्, “तुफानसँग टकराउनुभयो भने तपाईंको त्यही हालत हुन्छ‚ जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई नबिर्सनुस् भनेर उनी चेतावनी दिएकी थिइन ।”
सुरुमा मधेस आन्दोलनको व्याखा गर्दै उनले पहिचान र अधिकारको लडाइँ अझै बाँकी रहेको बताइन् । भाषणको अन्त्यतिर उनी आक्रमक बनिन् । र, चर्को भाषण दिँदै भन्न थालिन्, ‘यो गौर राइस मिल अझै पनि जीवितै छ । यो ऐतिहासिक जिल्ला हो । यहाँ भाटा (बासको लाठी) देखाउने प्रयास नगर्नुस् । तपाईंको भाँटा भाँचेर घरमा राखिदिन्छन् ।’ २०६३ चैत ७ गते गौरस्थित राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी दुवैले कार्यक्रम राखेपछि झडप भएको थियो । झडपको क्रममा २७ माओवादीको हत्या भयो । १५ वर्षअघिको उक्त घटनाको फाइल अहिले पनि जिल्ला प्रहरी कार्यालयमा विचाराधीन छ ।
उता माघ ७ गते नागरिक अगुवाहरुले विज्ञप्ती निकाले यस्ता गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिई राष्ट्रिय सुरक्षा एवं अखण्डता माथि आँच पुर्याउने मन्त्री रेणु यादवलाई बर्खास्त गर्नुपर्ने प्रधानमन्त्री देउवा संग माग गरे । डा. केदानरनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशिल प्याकुरेल, तारानाथ दहाल, इन्द्र अर्याल, महामुनिश्वर आचार्य र कनकमणी दिक्षित सहित ८ जना नागरिक अगुवाहरुले संयुक्त रुपमा नागरिक अपिल जारी गर्दै हत्याकाण्डमा सामेल भएको स्वीकार गर्ने तथा व्यक्तिहरुलाई धम्की दिने संघिय मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।
नागरिक अपीलमा अगाडि भनिएको छ, “चर्चित गौर हत्याकाण्ड २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २७ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा जीवन गुमाउनु परेको थियो । बर्बर र पाशविक त्यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ ।”
मन्त्री यादवले सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएको तथ्यसमेत प्रमाणित हुने श्रव्य–दृश्य सामाग्री सार्वजनिक भएको उल्लेख गर्दै नागरिक अगुवाहरुले मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रस्ट पार्ने, पुरानो अपराधसमेत सार्वजनिक रूपमा स्वीकार गर्ने रेणु यादव जनताप्रति उत्तरदायी कुनै पनि पदमा रहन अयोग्य भएको यसबाट स्वतः स्पष्ट भएको औंल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै