दुर्गा भगवतीमा अध्यक्ष कप टि–२० क्रिकेट टुर्नामेन्ट सुरु

   माघ ११, २०७८  
708 Shares

रौतहट, ११ माघ । दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको खेलमैदानमा मंगलवार देखि अध्यक्ष कप टि–२० क्रिकेट टुर्नामेन्टको शुभारम्भ भएको छ ।
दुर्गा भगवती गाउँपालिकाको आर्थिक सहयोगमा मारुती क्रिकेट क्लव गंगापिपराको आयोजनामा आज देखि संचालन भएको अध्यक्ष कप अध्यक्ष कप टि–२० क्रिकेट टुर्नामेन्टलाई नेपाली काँग्रेस मधेश प्रदेशको सभापति कृष्णप्रसाद यादवले एक समारोहका विच उदघाटन गरेको हो ।
अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगितको उदघाटन गर्दै नेपाली काँग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले खेलकुद आफैमा राम्रो पक्ष रहेको छ, यसबाट किशोरहरुको वृद्धि विकास, आत्मबल बलियो बनाउन, शारिरीक विकासको साथ यस पालिका भित्र लुकेको प्रतिभालाई प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्नेमा जोड दिए ।
नेपालमा पनि क्रिकेटको भविष्य राम्रो भएको हुँदा अभिभावकहरु आ आफना किशोरकिशोरीहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउनमा हौसला प्रदान गर्नुपर्ने आजको आवश्यक्ता रहेको महसुस गर्दै आउदो दिनमा हाम्रा नभई राम्रा एवं प्रतिभावान खेलाडीलाई छनौट गरी जिल्लास्तरिय, प्रदेशस्तरिय एवं राष्ट्रिय स्तरको खेलमा भाग लिने सक्ने सम्भावना व्यक्त गरे ।
कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले पालिकाको ५ वटै वडाका किशोरकिशोरी एवं युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउन पालिकाले हर सम्भव सहयोग गर्ने बताए । प्रत्येक बर्ष हुँदै आएको अध्यक्ष कपको मार्फत यहाँका युवाहरुलाई प्रोत्साहन गरी यस्ता खेलको आयोजना गरिरहेको हुँदा रहरले होइन कि उत्साहपूर्वक यस खेलको मार्फत आफनो प्रतिभाव देखाएर अवसर प्राप्त गर्न समेत उनले सुझाव दिए ।
आजको उदघाटन खेल दुर्गा भगवती गापा वडा नम्वर २ र ५ विच भईरहेको आयोजक मारुती क्रिकेट क्लवका अध्यक्ष पंकज गुप्ताले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै