रौतहटमा बाघ गणना गर्न क्यामराबाट ट्रयापिंग सुरु

1416 Shares

रौतहट, ११ माघ । रौतहट जिल्लाको वन क्षेत्रमा बाघको संख्या कति रहेको त्यसबारे जानकारी राख्नको लागि बाघ गणना गर्न विभिन्न स्थानहरुमा क्यामरा जडान गरिएको छ ।
राष्ट्रिय बाघ सर्वेक्षण २०७८ कार्यक्रम अनुसार चितवन पर्सा कम्पलेक्स अन्तर्गत तेश्रो ब्लकमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, डिभिजन वन कार्यालयहरु पर्सा, वारा, मकवानपुर र रौतहटको वन क्षेत्रमा क्यामरा जडान गरी ट्रयापिंग सुरु गरिएको हो ।
गत साता जडान गरी क्यामरालाई १५ दिन सम्ममा मोनेटरिंग गरेर रौतहटको वन क्षेत्रमा कतिवटा बाघ रहेको छ सोको जानकारी प्राप्त हुने जनाइएको छ । बाघ गणनाका लागि ठाउँ ठाउमा क्यामराहरु जडान भएको हुँदा सो क्यामरालाई नचलाईदिन सबै संग आग्रह गरिएका छन् ।
गत बर्ष पनि रौतहटको वनमा क्यामरा जडान गरेर बाघ को गणना गरिएको थियो । रौतहटमा ४ वटा वस्यक बाघ भेटीएको थियो । गत आर्थिक बर्षमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर लगायतका वनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएको थियो । यस बर्ष पनि बाघ को आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको डिभिजन वन कार्यालय चन्द्रपुरका निमित्त कार्यालय प्रमुख अमरदेव यादवले जानकारी दिए ।
रौतहटको वन क्षेत्रमा गत बर्ष चार वटा वयस्क बाघ फेला परेको दुई जना मानिस बाघको शिकारबाट मृत्यु भएको तथा केही व्यक्तिहरु घाईते भएको हुँदा अनावश्यक रुपमा वन क्षेत्रमा प्रवेश नगर्न सर्बसाधारण संग अपिल गर्दै बाघ गणनाको लागि जडान गरिएको क्यामरालाई चलाउन सख्त मनाही रहेपनि कसैले चलाए भने कानुन अनुसार कारवाही हुने प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार