चीन संगको कुनै सिमा विवाद नरहेको ओलीको ठहर, चीनको समर्थन गर्दै भारतले मिच्दै गरेको भुभाग तर्फ देउवा सरकार मौन रहेको अरोप

835 Shares

चीन संग सिमा विवाद गरेर दुई राष्ट्र विचको सम्बन्ध विगार्न देउवा नेतृत्वको सरकार लागि परेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।
दुई दिन जारी विज्ञप्तीमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले विगतमै टुंगिसकेको नेपाल चीन सिमा विवादलाई पुन ः प्रश्न गरेर दुई देश विचको सम्बन्धलाई विगार्ने प्रयास देउवा सरकारले विभिन्न षड्यन्त्रहरु गरिरहेको आरोप लगाएका हुन् ।
“विगतमै टुंगिसकेको चीनसँगको सीमाको प्रश्नमा एकतर्फी रुपमा छानबिन समिति बनाएको सरकारले समितिको प्रतिवेदनलाई गुपचुप राखेर छिमेकी राष्ट्रसँगको सम्बन्धमा आशङ्का र अविश्वास पैदा गर्ने काम गरिरहेको छ” ओलीले जारी गरेको प्रेस बिज्ञप्तीको बुँदा नं. ५ मा उल्लेख गरिएको छ ।
चीनप्रति नरम देखिएका ओली भारत प्रति कडा रुपमा प्रस्तुत भएर यो सबैको दोष भारत माथि थुपारेका छन् । चीनसँगको सीमा विवाद बारेमा सरकारले छानबिन समिति गठन गरेर विवाद समाधान गर्ने प्रयास गर्दा ओलीले चीनसँग कुनै सीमा विवाद नै नभएको ठोकुवा गरेका छन् । तर, भारतसँगको बिभिन्न बिषय उठाउँदै उनले आक्रमक रुपमा प्रस्तुत भएका छन् ।
मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखापरेको उल्लेख गर्दै उनले भनेका छन्, “भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परैको कुरा हो तर लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भू–भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने देउवा सरकारको कस्तो निरीहता प्रकट हो उनले प्रश्न गरे ।”
भारतीय सुरक्षाकर्मीद्वारा तुइन चुँडाइएर महाकालीमा वेपत्ता पारिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको देउवा सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवन रक्षासँग जोडिएका कैयौं प्रश्नमा लाचार बनेको आरोप ओलीको छ । “राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा विदेशीहरुका लागि कम्फर्टेबल बन्ने वचनबद्धता सहित गठन भएको गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुर्याइरहदा समेत मूकदर्शक बनेको छ” ओलीले विज्ञप्ती मार्फत भनेका छन् ।
यसैगरी अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा सत्ता गठबन्धनकै नेताहरूले दिइरहेका विरोधाभाषपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भूराजनीतिक द्वन्द्वको विषय बनाउन भूमिका खेलेको आरोप उनले लगाए । “अमेरिकी अधिकारीहरुसँग एक खालको र आफ्ना कार्यकर्तासँग बेग्लै खालको कुरा गर्ने गठबन्धन नेताहरुले द्वैध भूमिका खेलिरहेका छन् र जनतालाई दिग्भ्रमित पारिरहेका छन् तथा उनीहरुले हिजो आफैँले हस्ताक्षर गरेको सम्झौता ठीक थियो कि थिएन भनेर पाँच वर्षपछि अध्ययन कार्यदल बनाउने जस्ता हास्यास्पद र कच्चा काम गरिरहेका छन” उनको कथन रहेको छ ।
यसैगरी ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा एकैचोटी दर्जनौं मुलुकहरूबाट राजदूत फिर्ता गराउँने देउवा सरकारले नेपालसँग महत्वपूर्ण सम्बन्ध रहेका मुलुकका नियोगहरूलाई महिनौं सम्म राजदूतविहीन बनाउने गैरजिम्मेवार काम गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।