zoom installation windows 10 - zoom installation windows 10 download zoom pc windows 10 zoom meeting online no download zoom cloud meetings download for windows zoom meeting for download download zoom manjaro zoom meeting download latest version

भेरोसिलको दोश्रो डोज लगाएको केही वेरमै कैलालीमा एक व्यक्तिको मृत्यु

   ११ माघ २०७८, मंगलवार १६:४५  

कैलाली, ११ माघ । कैलाली जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाएको केही वेरमै एकजनाको मृत्यु भएको छ ।
गत आइृतवार दिउसो कैलारी गाउँपालिका ४ को आधारभुत स्वास्थ्य केन्द्रमा कोराना विरुद्धको चाइनिज खोपको दोश्रो डोज लगाएका सोही गाउँपालिकाको ५३ बर्षिय लक्ष्मण डगौराको मृत्यु भएको हो ।
आईतवार दिउसो २ बजे डगौराको आधारभुत स्वास्थ्य केन्द्रमा भेरोसिल खोपको दोश्रो डोज लगाएर घर फकिएको वडाध्यक्ष भिखराम चौधरीले भने । तर खोप लगाएको १५÷२० मिनेटमै बाटोमै डगौराको मृत्यु भएको खबर आएको वडाध्यक्ष चौधरीलाई उद्धृत गर्दै सिद्धार्थ अनलाइन पोर्टलमा उल्लेख गरिएको छ ।
डगौराको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । मृतक डगौराको घर स्वास्थ्य केन्द्रदेखि अन्दाजी एक किलोमिटरको दुूरीमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै