जनकपुरधाम, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रदेशको नामकरण मधेस भएको हुँदा संघर्षको पहिलो खुडकिला पारे गरेकोमा खुशी व्यक्त गरे ।
जनकपुरधाममा लोसपाद्धारा सोमवार आयोजित अगुवा नेता एवं कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेस नामकरणबाट इतिहास रचिएको हुँदा यसलाई सबैले सहज रुपमा लिन बताउनु भएको हो ।
मधेश ८ वटा जिल्लामा मात्रै सीमित नभएको बताउदै “मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो ।” उनले अघि थप्दै भने, “मधेस ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु हुँदैन,” “पूर्वदेखि पश्चिमसम्म मधेसी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेस हो तर एक राज्यको रूपमा तपाईंहरूले मान्यता प्राप्त गर्नु आफैमा यो गर्वको विषय हो ।”
राष्ट्रको लागि भाषा र संस्कृति मात्र पर्याप्त हुँदैनन आफ्नो राज्य पनि जरूरी रहेको बताए । मधेस राज्य प्राप्त भएपनि स्वायत्तताको संघर्ष जारी नै रहेको उनले स्पष्ट पारे । अहिले पनि सबै अधिकार केन्द्र सँगै रहेकाले स्वायत्तता प्राप्तिका लागि संघर्ष आवश्यक रहेको छ । “स्वायत्त मधेस प्रदेश बनाउने सरकारसँग भएको हाम्रो सम्झौता अझै पूरा भएको छैन, त्यसलाई कार्यान्वयन गराउदै अन्य कुण्ठित रहेका अधिकारहरुलाई सुनिश्चिता गराउने लोसपाको प्रमुख जिम्मेवारी रहेको उनले बताए ।”