चीनको एकतर्फी नाकाबन्दीबाट नेपाली व्यापारीहरु प्रभावित, अविलम्ब कुरा गरी नाका सुचारु गराउन नेपाल सरकार संग कमल थापाको आग्रह

   १२ माघ २०७८, बुधबार ०७:५३  

काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी का निवर्तमान अध्यक्ष कमल थापाले चीनद्धारा गरिएको एकतर्फी सिमा बन्द गर्दा व्यापारीहरुलाई सामान आयात–निर्यातमा भईरहेको कठिनाईलाई सहि रुपमा व्यवस्थापन गर्न नेपाल सरकार लाई आग्रह गरेका छन ।
नेपालको उत्तरी नाका तातोपानी र रसुवा को केरुङ नाका विगत केही बर्ष देखी विभिन्न बहाना मा बन्द रहेको छ र यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको कुरा विभिन्न समाचार माध्यमबाट समाचारहरु बाहिर आएको हुँदा एकतर्फी रुपमा गरिएको अघोषित नाकाबन्दीको दुई देश विच संदादको माध्यमबाट हल गरी समस्या समाधान गर्न नेपाल सरकार संग माग गरे ।
नेता थापा ले सामाजिक सजाल फेसबुक मार्फत छिमेकी मुलुक दक्षिण को मात्र नभई उत्तरको नाकाबन्दी पनि आपत्तिजनक रहेको बताए । २०७२ सालको भुकम्प देखी सिन्धुपाल्चोक को खासा नाका र रसुवागढी को नाका ठप्प रहेको छ । नेपाली व्यवसायीहरुको अरबौ का सामान चिन तर्फ नै रहेको व्यवसायीहरु बताउछन ।
चिन ले अधोषित रुपमा नाकाबन्दी गरेको व्यवसायीहरु ले बताउने गरेका छन । नाका खोल्ने तर्फ नेपाल सरकारले कुनै पहल नगरेको व्यवसायी को गुनासो रहेको छ । चिन ले समय समयमा केही दिन का लागी नाका खोल्ने गरे पनि त्यस लाई निरन्तरता दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै