कानुनी राज्यको खिल्ली उडाउदै अबैध कारोबारीको सार्थी बनेको छ नियमनकारी निकाय

   १२ माघ २०७८, बुधबार ०८:४६  

भनिन्छ राज्य व्यवस्था राम्ररी ढंगबाट कार्य सम्पादन भईराख्दा खेरी सबै क्षेत्रमा राम्रो हुने गर्दछ, तर जुन देश राजनीतिक अस्थिताले भरिएको हुन्छ त्यहाँ चरम आर्थिक अनियमितता, दण्डहिन्ता, अराजकता, लुटखसोट लगायतका कार्यबाट ग्रसित हुने गर्दछन् त्यसैको नमूना देशको रुपमा नेपाल पनि पर्दछन् ।
नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भईसकेको छ तर त्यसलाई संस्थागत गर्नुपर्ने न कुनै राजनेतालाई चिन्ता छ न कुनै उच्च पदस्थ कर्मचारी तन्त्रलाई मतलब छन् सबै आ आफनै भागवण्डा र छिना झप्टीमा तल्लिन रहेका हुन् । विधिको शासन भएपनि यहाँ जनतालाई विधिको शासन के हो अनुभूती हुन सकेको छैनन्, जनता चारै तिरबाट ठगिएका छन् । खोक्ला नाराहरु कागजमै सिमित रहेको पाइन्छ तर व्यवहार फरक अवस्थामा हाम्रो देश उभिएको पाइन्छ ।
सबै कुरा परैजाओस, राज्य चलाउनेले जानोस, लुटखसोट गर्नेले जानोस, ब्रम्हलुट मचाउनेले जानोस जनतालाई के मतलव, जनतालाई त सहज एवं सर्वसुलभ ढंगबाट सेवा सुविधा चाहियो, दैनिकी सामानहरु सहज रुपमा उपलब्ध पाइयोस लगायतका आवश्यक्ताहरु चाहियो तर सिमानाकाको जिम्मेवारी लिएर बसेका सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा सोको कार्यान्वयन गराउने निकाय जिल्ला प्रशासन कार्यालय सिमा वारी र पारीबाट हुने अबैध कारोवारको सार्थी बनेका छन् ।
अबैध कारोवारीको नियमनकारी निकाय नै सार्थी बन्दा नेपाल सरकारलाई आउने राजस्व कसरी संकलन हुने, दैनिक रुपमा करोडौं राजस्व हस हुदै गएको अवस्था छ । जनताले तिरेको करबाट तलब सुविधा पाउने गरेका ति नियमनकारी निकायको आडमा अबैध कारोवारीहरु नुन देखि सुन सम्मको कारोवार निधक्क रुपमा संचालन गरिदै आएको छ ।
मधेश प्रदेश होस वा भारत संग जोडिएका अन्य कुनै प्रदेशको जिल्ला होस सबै जिल्लाहरुबाट अबैध रुपमा आयात निर्यातको कारोवार जारी छ, उक्त कार्यलाई नियमनकारी निकाय नै सार्थी बनेको हुँदा अबैध कारोवारलाई नियन्त्रण गर्न सकिएको छैनन् । माथिल्लो निकायको दयामा आउने ति अधिकारीहरु दाम कमाउने बाहेक अन्य कार्यबाट कुनै सरोकार राख्ने गरेको छैनन् ।
सीमामा तस्करहरुलाई आफ्नो अनुकूल गर्न दिए बापत प्रत्येक महिना मासिक २ करोड रुपैयाँ सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बुझ्दै आएको गम्भीर आरोप सरोकारवालाहरुले जनाएका छन् । सो बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर छन् ।
डिआइजी आफना विश्वासपात्रलाई प्रत्येक जिल्लामा घुमुवाको रुपमा खटाएको पाइएको छ, जसमा गगनदेव साह, रामखेलावन यादव, वशिष्ठ पटेल, सुकदेव बैठा र अशोक साहलाई मधेस प्रदेशमा परिचालित गरी रकम संकलन भइरहेको बाहिनी निकट स्रोतले जनाएको छ ।
पर्साको सबै नाकाबाट तस्करहरूको लागि खुल्ला गरिएको छ । मदन रून्चे समूहले टाटा मोबाइलबाट खलवाटोला सिर्सिया हुँदै जगरनाथपुर गोदाममा अनलोड गरी भुजा हालेको बिल बनाई ट्रकमा कपडा लोड गरी काठमाडौं पठाउने गरेको छ । भिस्वा नाकाबाट किशोर, पप्पु र उमेश तेलीलाई भारततर्फ निकासीको लागि छोकडा, मरीच र रक्सीको लाइन उपलब्ध गराइएको छ । यसैगरी हरिन्द्र पटेल जटाधारीलाई कपडा, मुन्ना मियालाई हार्डवेयर भित्र्याउन लाइन दिइएको छ ।
बारा जिल्लाको कचोर्वा, सिमरौनगढ, मटिअर्वा र मुसहर्वालगायत सम्पूर्ण नाका तस्करहरुका लागि खोलिएको छ । बाराका रविन्द साह, भोला यादव, प्रभु यादव, बच्चा यादव, दीपक यादव, छोटेलाल पटेललाई कपडा भित्र्याउन लाइन उपलब्ध गराइएको छ भने नुनुलाई भारतबाट खसी ल्याउन लाइन दिइएको छ । प्रकाश सहनीलाई भैंसी राँगाको लाइन दिइएको छ ।
सर्लाही जिल्लाको संग्रामपुर, मधुवन भन्सार, गोरखकाली, परसा, बारा उधोरण, त्रिभुवननगर, बलरा लक्ष्मिपुर लगायत सम्पूर्ण नाका तस्करहरूलाई उपलब्ध गराइएको छ । सर्लाही जिल्लाबाट प्रकाश यादव, विजय साह, पुकार यादव, परमहंस साह, हीरालाल साह, श्याम साह, अन्तोष साह, रामेश्वर यादव, गुलाम, चन्देश्वर चौधरी, दिनेश महतो, मुन्सीलाई भारतबाट कपडा नेपाल भित्र्याउन लाइन दिइएको छ । विनोद साहलाई कुखुराको चल्ला, उमेश पटेललाई केराउ र मरीचको लाइन दिइएको छ । अशोक यादव उखु, भैसी र रागाको कारोवार भईरहेको पाइएको छ । एक स्थानीयको अनुसार प्रहरीलाई राम्रो पैसा दिए भने हातहतियारहरु सजिलै संग वारीपारी गराइदिने दाबी समेत गरे ।
महोत्तरी जिल्लाको धिरापुर, भिट्ठामोड, सम्सी, मटिहानी, रामगोपालपुर, खैरमणी, इटहर्वा, पोखरभिण्डा, रघुनाथपुर लगायतका नाकाहरू खोलिएको छ । यस जिल्लाबाट राजा, कालिया, सिकेन्द्र यादव, मेथुर मण्डल र लक्ष्मी चौधरी, बाला दास तत्मा, सन्दीप यादव, रामकेवल मण्डल, विवेक मण्डल, राजेश यादव, रामविनय यादव, तुफान, रामछबिला यादव, मोती अन्सारी, मोदसिर, विनोद यादव, सरीफुल, बिन्देश्वर नायक लगायतका गिरोहलाई लागुऔषध, गाँजा, कपडा, केराउ, मरीच, छोकडा, खसी, गाईको लाइन उपलब्ध गराइएको छ ।
यसरी सिमाबाट दैनिक रुपमा करोडौंको अबैध कारोवार हुँदा नेपाल सरकारको राजस्व प्रभावित हुनु स्वभाविकै हो त सार्थीहरुको गोजीको राजस्वमा दिनानुदिन वृद्धि भईरहेको छ । किनभने यो देशमा कानुनी राज्य एवं विधिको शासन व्यवस्था निरीह जनता माथि लागु छ तर नियमनकारी निकायलाई कानुनी कटघेरामा ल्याउन नसकेको कारण छाडापना बढ्दै गएको स्थानीय बुद्धिजिविहरुले बताउँछन् । सशस्त्र प्रहरी मात्रै नभई अवकाश पाउने वेलामा डिआईजी उमेश रंजितकार पनि अकुत रकम कमाउनमा लागिपरेका छन् । किन भने उनी मधेश प्रदेशमा आउन सबैलाई उछिनेर आएको हुँदा कमाउनु एक मात्र विकल्प रहेको श्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै