जिल्ला प्रशासन कार्यालय रौतहटमा आलोपालो प्रणाली

442 Shares

रौतहट, १२ माघ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएपछि सर्वसाधारणको भिडभाव लाग्ने जिल्ला प्रशासन कार्यालयमा आलोपालो गरेर सेवा प्रवाह हुन थालेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जारी गरिएको सुचना अनुसार जिल्लाको १८ वटा स्थानीय तहका नागरिकहरुलाई आफनो पालिकाको परेका दिनमा आएर मात्रै सेवा प्राप्त गर्न आग्रह गरिएको हो ।
नागरिकता, राहदानी, मधेशी प्रमाणित लगायतका सेवाहरु पाउन दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयमा लाग्ने गरेको भिडभाडलाई कम गरी कोरोनाको जाखिमबाट नागरिकलाई जोगाउनका लागि आलोपालो गरेर सेवा प्रवाह गरिरहेका छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा अपनाएर आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा दिन थालिएका हुन् ।
कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिस लगायतको सेवा प्रवाह गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । आइतबार र सोमबार गौर, राजदेवी, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाको नागरिकलाई सेवा दिइने उनले उनले भने ।
मंगलबार र बुधबार बौधिमाई , देवाहीगोनाही , राजपुर नगरपालिकाका र यमुनामाई गाउँपालिकाको नागरिकलाई सेवा दिइने प्रजिअ शाहीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । बिहीबार र शुक्रबार मौलापुर, कटहरिया, परोहा तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने बताइएको छ । यसैगरी सार्वजनिक, निजी कार्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गरिने प्रजिअ शाहीले स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय रौतहटले यसअघि माघ ६ गते आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाउने, गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्ने र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएकाहरु मात्र उपस्थित हुने आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार