how accurate is pcr testing why rt pcr takes time zoom app download windows zoom meeting login with id facebook app zoomed in

बैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने दलाल विरुद्ध कारवाही गर्न गृह मन्त्री खाँडको चेतावनी

   १३ माघ २०७८, बिहीबार १६:१९  

काठमाडौं, १३ माघ । गृह मन्त्री बालकृष्ण खाँडले वैदेशिक रोजगारीको बहानामा खाडी मुलुकमा लगेर नेपालीलाई अलपत्र पार्ने वैदेशिक रोजगार कम्पनीका दलालहरु विरुद्ध कठोर कदम चालेका छन् ।
भिजिट भिसामा दलालको भर परेर दुबई, कतार, साउदी पुगेर नेपालीहरु अलपत्रमा परेको समाचारहरु विभिन्न सञ्चार माध्यममा आएपछि गृहमन्त्री खाडले श्रममन्त्रीलाई बोलाएर कडा एक्सन लिएका हुन् ।
मैनपावर कम्पनीका दलालहरु माथि कारवाही गर्न गृहमन्त्री खाडले छानविन समिति नै बनाएका छन् । नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई भोग्नु परेका विभिन्न कठिनाई र त्यसबाट उत्पन्न हुने देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।
समिति गठन गर्न गृहमन्त्री खाडले मन्त्रालयमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापन तथा विदेशमा जाने नेपालीहरूका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीहरूका समस्या समाधान बारे श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्र सचिव भरतराज पौड्याल, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डे सहित सरोकारवाला सरकारी निकायहरूका अधिकारी बोलाएर बैठक राखेका थिए ।
खाँडले विशेषगरी खाडी मुलुकमा नेपालीहरु अलपत्र परेको समाचार आएपछि तत्काल एक्सन लिएका हुन् । आम नागरिक, रेमिट्यान्स भित्रयाएर देशको अर्थतन्त्र चलाउने नेपाली कामदारलाई सरकार भएको प्रत्याभूति हुनेगरी खाँडले प्राथमिकतामा राखेर काम थालेको गृह श्रोतबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै