join a zoom meeting using meeting id zoom app download free pc app zoom us download zoom us login download client zoom per riunioni download download new zoom update

बतास समुहद्धारा संचालनमा रहेको पशुपति धर्मशालाको सम्झौता रद्द

   १३ माघ २०७८, बिहीबार १६:३१  

काठमाडौ, १३ माघ । पशुपति विकास क्षेत्र भित्र नेपाल–भारत मैत्री पशुपति शर्मशाला संचालनको सम्झौता संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री प्रेमबहादुर आलेले रद्द गर्ने निर्णय गरेका छन् ।
मन्त्रालयमा गत मंगलवार आयोजना गरिएको एक पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता रद्द गरी फिर्ता लिइएको जानकारी गराएका हुन् ।
मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूह सँग सम्झौता रद्द भएको मन्त्री आलेले बताए । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन ।” पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्ष सहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।
पशुपति विकास कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्रालि बीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महङ्गो मूल्य लिँदै होटलका रूपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको थियो । उक्त आरोप पछि मन्त्री आलेले उक्त धर्मशालाको आफैँ गएर अनुगमन गरेका थिए ।
अनुगमनको क्रममा धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न कार्यालय राखेको, कोषको स्वीकृति बिना धर्मशालामा विभिन्न संरचना निर्माण गर्ने जस्ता कार्य गरेको पाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै