zoom basic plan download zoom.us app zoom meeting app problems zoom recorder software download zoominfo pricing 2022 install zoom on microsoft edge zoom conference download gratis

सुरक्षित वैदेशिक रोजगार सम्बन्धी पत्रकार संग अन्तरक्रिया कार्यक्रम

   २४ मंसिर २०७७, बुधबार १५:०९  

रौतहट, २४ मंसिर । रौतहटको गरुडामा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्र्तगत वैदेशिक रोजगारी सम्बन्धि पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
“स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर सीप सिकेर मात्र जाओं” भन्ने नाराका साथ सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत गरुडा नगरपालिकाको शिवनगर स्थित कृषि शाखाको सभा कक्षमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
गरुडा नगरपालिकाका नगरप्रमुख ईनु राय यादवको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख रंगिला देवी जयसवालले कार्यक्रम सफलताको शुभकामना मन्तब्य दिनु भयो । हेल्वेटास नेपालका शिव चरण प्रसादले परियोजनाको बारेमा जानकारी दिए । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सुरक्षित आप्रवासन सम्बन्धि विषेश जानकारी दिए । माण्डवी रौतहटले रौतहटको गौर, गरुडा तथा चन्द्रपुर नगरपालिका र दुर्गा भगवति गाउँ पालिकामा सञ्चालन भएको कार्यक्रममा हेल्वेटास नेपाल र सामी परियोजनाको सहयोग रहेको जनाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै