जबरजस्ती करणी गरेको आरोपमा चन्दन पक्राउ

   १३ माघ २०७८, बिहीबार १७:११  

रौतहट, १३ माघ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा बस्ने ३० बर्षिया महिला संग जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
फतुवा विजयपुर नगरपालिका वडा नम्वर ३ घर भएका ३० बर्षिय युवक चन्दन साहले आफनै छिमेकीको घरमा बुधवार राति १० बजेको समयमा प्रवेश गरेर सुतिरहेको महिलालाई लछारपछार गरेर जबरजस्ती करणी गरे । पिडिता महिला गुहार माग्दा घरका अन्य व्यक्तिहरु निस्केर यवक साहलाई समाप्त खोज्दा भाग्न सफल भएपछि पिडित परिवारले तत्कालै अस्थायी प्रहरी पोष्ट मेवालाई खवर गरेका थिए ।
अस्थायी प्रहरी पोष्ट मेवाले इलाका प्रहरी कार्यालय लक्ष्मिनियालाई दिएको गोप्य सुचनाको आधारमा राति नै खोजतलास गर्ने क्रममा १ घण्टा पश्चात पिडकलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको इप्रका लक्ष्मिनियाको प्रहरी निरीक्षक विष्ण विकले जानकारी दिए ।
प्रहरी निरीक्षक विकको अनुसार पिडिता महिलाको श्रीमान घरमा नभएको मौका छोपी साहले जबरजस्ती करणी गरेको हुँदा पिडिताको स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल गौर पठाइएको छ । यता पिडकलाई जबरजस्ती करणी मुद्दा अन्तर्गत जिल्ला अदालत गौरबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै