ट्रेक्टरबाट किचिएर नबालक यश यादवको मृत्यु

   १३ माघ २०७८, बिहीबार १७:१४  

रौतहट, १३ माघ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा ट्रेक्टरले किचिएर एक नबालकको मृत्यु भएको छ ।
फतुवा विजयपुर नगरपालिका वडा नम्वर ९ बडहरवा टोलका सनोज यादवको ४ बर्षिय छोरा यश यादवको अन टेष्ट ट्रेक्टरले विहिवार विहान ९.३० बजेको समयमा किचिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्ष्मिनियाले जनाएको हो ।
नयाँ ट्रेक्टर घरमा भित्रयाएपछि मनोज यादव चलाउन खोज्दा आफनै भाईको छोरालाई किचिन पुगेको छ । नयाँ ट्रेक्टरको ब्रेक फेल हुँदा सडकमा खेलिरहेका बालक यश माथि चढेका थिए । आफनै भाईको छोरा किचिएपछि मनोज घटनास्थलबाट तत्कालै फरार भएको प्रहरी निरीक्षक विष्ण विकले बताए ।
मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा फरार भएको मनोज यादवको प्रहरीले खोजी कार्य जारी राखेको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै