मोटरसाइकल दुर्घटना हुँदा चालक सहित दुई युवकको मृत्यु

   १३ माघ २०७८, बिहीबार १७:३२  

रौतहट, १३ माघ । रौतहट जिल्लाको गरुडा नगरपालिकामा बुधवार राति मोटरसाइकल दर्घटनामा परेर दुई जना युवकको मृत्यु भएको छ ।
गरुडा नपा ४ बैरिया गाउँ स्थित समनपुर भित्र सडक खण्डमा गढीमाई नपा ८ वरियारपुर टोलका १९ बर्षिय महम्मद अल्ताफर र साही स्थानका २५ बर्षि रवी साहले चलाउदै गरेका ना ६२ प ३३९९ नम्वरको मोटरसाइकल अनियन्त्रित भई बुधवार राति ११.१० बजेको समयमा दुर्घटना हुँदा गम्भीर घाईते भएका थिए ।
घटना भएपछि तत्काल स्थानीयको सहयोगमा प्रहरीले उपचारको लागि गरुडाको झाझ पुल स्थित रौतहट ग्राण्डी अस्पताल तर्फ लैजाने क्रममा दुबैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
मृतक दुबै जनाको शव पोष्टमार्टम गौर अस्पतालमा भएर निजहरुको परिवारलाई अन्तिम संस्कारको लागि जिम्मा लगाइएको जानकारी दिदै इप्रका गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले अत्याधिक गतिमा गुडाउदै गरेको मोटरसाइकल अनियन्त्रित भई उक्त दुखद दुर्घटना भएको प्रारम्भी अनुसन्धानबाट खुलेको तथा थप अनुसन्धान भईरहेको उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै