दुई शक्तिशाली राष्ट्रको जुधाईमा नेपाल चेपुवामा

747 Shares

काठमाडौं, १४ माघ । अमेरिका र चीन दुई शक्तिशाली राष्ट्रको टकरावबाट नेपालले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने देखिन्छ ।
अमेरिकाको अति महत्वाकाँक्षी परियोजना एमसीसी लागु गराउन खोज्दै छ भने चीनले उक्त परियोजना कुनैपनि अवस्थामा लागु हुन नदिनको लागि विभिन्न षड्यन्त्रमा लागेर द बेल्ट रोड इनिसियटिभ (विआरआई) संचालनमा ल्याउन लागिपरेको हुँदा दुई शक्तिशाली राष्ट्र विच भईरहेको जुधाई मूल्य नेपालले चुकाउनु पर्ने अवस्थाको सृजना भईरहेको हो ।
चीनले नेपालमा “द बेल्ट एन्ड रोड इनिसियटिभ” (बीआरआई) सञ्चालनमा ल्याइसकेको छ । उसले विभिन्न देशमा बीआरआई परियोजना बढाइसकेको छ । यसलाई चीनले विकास सम्बन्धी परियोजना भन्ने गरेपनि यसमा उसको राजनीतिक स्वार्थ लुकेको देखिन्छ ।
अमेरिकाले एमसीसी अगाडि बढाउन खोज्दैछ । एमसीसी सम्झौता भएको ५ वर्ष पुग्न लाग्दा पनि संसदबाट पारित नभएकाले कार्यान्वयन हुन सकेको छैन । एमसीसी रोक्न चीन लागेको छ । अमेरिका भने एमसीसी कुनै हालतमा पारित गराउन सक्रिय छ । एमसीसी रोक्ने र बढाउने खेलले सत्ता राजनीतिमा समेत असर परेको खुलिसकेको छ ।
पछिल्लो समय एमसीसी रोक्न चीन रणनीतिक रुपमै लागेको छ । उसले नेपाल सँगको सीमानाका ठप्प पारेको छ । चीनले चाहेमा नेपालमा जुनसुकै बेला सामान निर्यात र आयात गर्न सक्ने अवस्था छ । विशेषगरी उसले आफ्नो स्वार्थ अनुसारको निर्यात गर्दै आएको छ । तर, नेपालको चाहना अनुसार न त निर्यात सम्भव भएको छ न त आयात नै सम्भव देखिएको छ । चीनले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।
नाकाबन्दी लगाए पनि चीन यसलाई मान्न तयार छैन । उसले कोरोना भाइरसको जोखिम भन्दै जवाफ दिइसकेको छ । १३ जनवरीमा प्रेस विज्ञप्ति मार्फत् चिनियाँ राजदूतावासका प्रवक्ताले महामारीका कारण देखाएको हो । उसले एकतर्फी रुपमा नेपालमा सामान पठाउन दिइएको भन्दै कोरोना भाइरसको महामारीलाई पराजित गर्नु मुख्य उद्देश्य भएको भन्दै कूटनीतिक जवाफ दिएको छ ।
तर, चीनले अहिलेको सत्ताबाट खुशी नभएको सन्देशहरु दिइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा चीनले रुचाएका नेता होइनन् । देउवा प्रधानमन्त्री भए लगत्तै हुम्लामा चीन सँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन भई प्रतिवेदन नै तयार भएको छ । यसकारण पनि चीन देउवा सरकार प्रति आश्वस्त हुन सकेको छैन । अर्को तर्फ, एमसीसी रोक्न चीनले विभिन्न रणनीति लगाएर दबाब बढाइरहेको छ ।
सीमानाकामा कडाई गरेर चीनले नेपालको अर्थतन्त्रमा ठूलो असर पारिदिएको छ । चीनबाट आयात हुने सामानको मूल्य दोब्बर भन्दा बढी भइसकेको छ । कतिपय सामान अभाव भइसकेका छन् । चीनबाट कतिपय सामानमा नेपाल निर्भर हुँदै गएको अवस्था छ । यसमा चीनले नाकाबन्दी गरेर दोहोरो लाभ लिइरहेको छ ।
अमेरिका र चीनको टकरावका कारण राजनीतिक दलहरुको आन्तरिक राजनीति समेत प्रभावित बन्दै गएको छ । सत्ता राजनीतिमा यसको असर खुल्दै गएको छ । चीनले नेपालमा अन्य शक्तिलाई प्रभाव बढाउन नदिन नेपाल माथि विभिन्न तरिकाले दबाब बढाउन सीमामा कडाई गर्दै अघोषित नाकाबन्दी गरिदिएको छ । यसले नेपालको अर्थतन्त्रमा दूरगामी नकारात्मक असर पर्ने निश्चित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।