विराटनगरमा चीन विरुद्ध प्रदर्शन, सि जिनपिंगको फोटो जलाइयो

   १४ माघ २०७८, शुक्रबार ०७:४१  

बिराटनगर, १४ माघ । प्रदेश नम्वर १ को राजधानी विराटनगरमा चीनको विरुद्ध प्रर्दशन गरिएका छन् ।
चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउदै राष्ट्रिय एकता अभियान नेपालले विराटनगरमा विहिवार प्रदर्शन गरेका हुन् । अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीन विरुद्ध प्रदर्शन गरेको छ ।
विराटनगरको महेन्द्र चोकबाट शुरु भएको रयाली भट्ठा चोकमा पुगेर सकिएको थियो । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको फोटो समेत जलाएका थिए । अभियानका मोरङ संयोजक जितेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप बढिरहेकाले सचेत पार्न आन्दोलनमा उत्रनुपरेको बताए ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले नेपालमा चिनियाँ गुप्तचर संस्था एमएससले गतिविधि बढाइरहेको, नेपालको अन्य देश सँगको सम्बन्ध विगार्न खोजिएको, चिनियाँ राजदूत नेपालको आन्तरिक मामिलामा दखलअन्दाज गरिरहेको, सीमा मिचेको, सीमा नाका एकतर्फी रुपमा बन्द गरेको, चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई फर्कन नदिई भविष्य अन्यौलमा पारिदिएको भन्दै चीन बिरुद्ध प्रदर्शन गर्नु परेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै