वडाध्यक्ष डिके झाद्धारा अग्नीपिडितलाई नगद १० हजार सहयोग प्रदान

   २४ मंसिर २०७७, बुधबार १५:३१  

रौतहट, २४ मंसिर । गत साता घुरोको कारण एक दलितको घरमा आगलागी हुँदा भएभरका सम्पत्ती जलेर नष्ट भएपछि बुधवार वडाध्यक्षद्धारा नगद सहयोग गरी घाउ माथि मलहम लगाउने काम गरिएको छ ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी घर भएका दलित टुनटुन दास तत्माको फुसको छाना भएको घरमा गत साता लामखुटे धपाउन बालिएको घुरोबाट सल्किएको आगोबाट भैसी, बाख्रा, खसी सहित घरमा रहेका खाद्यान्न सामग्रीको साथै चिसो महिनामा जिउमा लगाउने कपडा समेत जलेर नष्ट भएपछि उनलाई जिवन यापन गर्न निकै कष्टकर भईरहदा वडाध्यक्ष धर्मेन्द्र कुमार झा (डिके) द्धारा राहत स्वरुप १० हजार नगद आज सहयोग गरिएको हो ।
आगलागी भएर करिव ७ लाखको सम्पत्ती नष्ट भएको साता दिन वितिसक्दा पनि कुनैपनि निकायबाट सहयोग प्राप्त नहुँदा दलित परिवार चिसो मौसममा विचल्लि हुँदा वडाध्यक्ष झाले नगद १० हजार सहयोग गरी दलितको घाउ माथि मलहम लगाउने काम गरिएका छन् ।
वडाध्यक्ष झाले दलित परिवार माथि आएको विपत्तीलाई कम गर्ने तथा उनलाई पहिलाकै अवस्थामा ल्याउन हर सम्भव प्रयासरत रहेको बताउदै उनलाई थप सहयोग एवं घर बनाउनको लागि स्थानीय तह, जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सरकारबाट थप सहयोग गराउने आश्वासन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै