zoom cloud meetings free download zoom download hub download zoom win10 which zoom app do i download mic not working on zoom windows 11 zoom download 5.6.1 download zoom classroom zoom standalone download

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे को लागि भारतीय सरकारले उपकरण आयातको प्रक्रिया सुरु गरे

   १४ माघ २०७८, शुक्रबार ०९:४६  

पर्सा, १४ माघ । काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे को लागि भारत सरकारले नेपालमा उपकरण आयात गर्ने प्रक्रिया सुरु गरेको छ ।
त्यसको सर्भेका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । एमओयूका अनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनी मार्फत तयार गर्नेछ ।
रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईका अनुसार भारतले आफ्नो प्रविधि र प्राविधिक टोली नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाएको छ । रेलमार्गका लागि हुने सर्भेका लागि चाहिने यन्त्र, उपकरण र गाडी भन्सार छुटमा नेपाल भित्रिन दिन भारतले आग्रह गर्दै पत्र लेखेको छ । त्यसका लागि रेल विभागले अर्थ मन्त्रालय सँग समन्वय गरिरहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।

भारतले सर्भेमा प्रयोग हुने गाडीहरुले सहजै ओहोरदोहोरको सुविधा दिन आग्रह गरेको थियो, तर प्राविधिक कारणबाट त्यस्तो अनुमति दिन सम्भव नहुने भएपछि भन्सार विना भित्रिने यन्त्र उपकरण र गाडी काम नसकिन्जेल नेपालमै रहने व्यवस्था गर्ने गरी अनुमति दिन लागिएको छ, उनले भने ।
अब केही समय भित्रै भारतीय पक्ष अध्ययनका लागि फिल्डमा आउने रेल विभागले जानकारी दिएको छ । काठमाडौं–रक्सौल रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्ट अनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुनेछ ।
काठमाडौं–रक्सौल रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहने छ भने साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको छ । भारतले काठमाडौं–रक्सौल रेलमार्ग ब्रोडगेज प्रविधिमै बनाउने गरी अध्ययन गर्दैछ ।
सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । उत्तरतर्फको छिमेकी चीनसँग केरुङ–काठमाडौं रेलमार्गको डीपीआर स्टान्डर्ड गेजमा आधारित भएर बनाउने समझदारी भएको छ । नेपालले आन्तरिक रुपमा बनाउने पूर्वपश्चिम रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउने सरकारी योजना छ ।
काठमाडौं–रक्सौल रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव भएपनि भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल–काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै