उपचारको अभावमा जीवनमरणको दासाँधमा पुगेको सेवा केन्द्र आन्दोलनको जिउदो सहिद रणवीर सिंहको व्यथा

रौतहट, १४ माघ । सात बर्ष अघि रौतहट सदरमुकाम गौरबाट जिल्लाको विभिन्न भागमा सेवा केन्द्र स्थापनाको विरोध गर्दै भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका रणवीर सिंहको अवस्था निकै दैनिय भएर जीवनमरणको दोसाधमा पुगेका छन् ।
नेपाल सरकारको निर्णय अनुसार सदरमुकामबाट मालपोत कार्यालय र नापी कार्यालयको सेवा केन्द्र सार्ने गरेको निर्णय को विरुद्धमा तत्कालिन ८ दलीय गठबन्धन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको आन्दोलनको क्रममा २०७१ साल असार महिनामा गौर नगरपालिका ९ स्थित बरहवा पुल नजिक प्रदर्शनकारी र प्रहरी विच झडप हुदा सिंहको पेट र हातमा ३ वटा गोली लागेको थियो ।
मुलुकमा संघियता आउनु भन्दा पहिला भएको आन्दोलनमा प्रहरीको गोलीबाट घाइते भएका तत्कालिन हजमिनिया गाविस हाल राजदेवी नगरपालिका वडा नम्बर ५ पताही निवासी ३० बर्षिय रणवीर सिंह विगत ७ वर्ष देखि आर्थिक अभावका कारण उपचार गराउन नसकी घरमा जीवनमरणको दोसाधमा पुगेका हुन् ।
एक श्रीमती र २ सन्तान रहेको सिंहको उपचारको अभावमा घरमा छटपटिएर जीवनमरणको दोसाधमा पुगेको अवस्थामा प्रदेश सरकार को प्रदेश सभाको मुख्य गेटमा गएर आत्महत्या गर्ने चेतावनी दिए । घाइते सिंहले सभामुख यादवलाई सुचना पठाएको छ कि उपचार गराई परिवारलाई सम्मानपूर्वक बाच्न यथोचित सहयोग गर नत्र भने त्यही आएको आत्महत्या गर्ने एक मात्र विकल्प भएको उनले आक्रोश यसरी पोखे ।
आन्दोलनको क्रममा सिंह संगै प्रहरीको गोली लागेर घाइते भएका राजदेवी नगरपालिका ७ मुडवालबाका ४० वर्षीय विद्यानन्द यादवको २०७१ असोजमा उपचारको क्रममा मृत्यु भएको थियो । विद्यानन्द यादवलाई सरकारले सहिद घोषणा समेत गरिसकेका छन् तर एकमात्र जिउदो सहिद सिंहको अवस्था अत्यन्तै दैनिय भई उपचार गर्न समेत गाहे भएको पिडित परिवारले जनाएको छ ।
तत्कालिन मधेशी जनाधिकार फोरम नेपाल, राजेन्द्र महतो नेतृत्वको नेपाल सदभावना पार्टी, महन्थ ठकुर नेतृत्वको तमलोपमा, अनिल झा नेतृत्वको संघीय सदभावना पार्टी लगायतका दलको गठवन्धनमा बनेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सेवा केन्द्र सार्ने निर्णयको विरुद्धमा २०७० साल चैत्र २० गते देखि अनिश्चितकालिन मधेश बन्दको घोषणा गरेर संघर्ष गर्दै आएको थियो ।
प्रहरीको गोली सिंहको पेट भित्र २ वटा छिरेको र एउटा गोली हातमा लागेरको पिडितले बताए । झडपको क्रममा गोली लाग्दा अचेत अवस्थामा पुगे पछि थप उपचारको लागि विरगंज पठाइयो त्यहा उपचार हुदा लाग्ने खर्च आफैले तिरेर घर फिर्किए तर अहिले सम्म उनी संग कुनै नेता वा कार्यकर्ताहरु भेट्न नगएको र कसैले पनि सहयोग नगरेको हुँदा दिनप्रतिदिन थला पर्दै गएका छन् ।
सिंहका अनुसार उपचारको क्रममा पर्सा जिल्ला फोरमको नेता प्रदिप यादवले १२ हजार रुपैया सहयोग गरेको बताउदै अहिले पनि उपचारको थप आवश्यकता रहेको र सोको लागि आर्थिक समस्या रहेको छ । मधेश प्रदेश सरकारका सभामुख सरोज यादवको पहलमा १ लाख रुपैया अहिले सम्म सहयोग पाएको उल्लेख गर्दै घरपरिवार चलाउन निकै गार्हो भईरहेको अवस्थामा आफनो उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।
एक श्रीमती र २ सन्तान रहेको सिंहको उपचारको अभावमा घरमा छटपटिएर जीवनमरणको दोसाधमा पुगेको अवस्थामा प्रदेश सरकार को प्रदेश सभाको मुख्य गेटमा गएर आत्महत्या गर्ने चेतावनी दिए । घाइते सिंहले सभामुख यादवलाई सुचना पठाएको छ कि उपचार गराई परिवारलाई सम्मानपूर्वक बाच्न यथोचित सहयोग गर नत्र भने त्यही आएको आत्महत्या गर्ने एक मात्र विकल्प भएको उनले आक्रोश यसरी पोखे ।
संघियता आए पछि निर्वचित भएका स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारको जिम्मेवारी लिएकाहरुले एकपटक पनि अवस्था सोध्न समेत नआएको गुनासो गरे । आन्दोलनमा सहभागी हुनका लागि घरबाट बोलाएर लागेका नेताहरुले अचेल कुन अवस्थामा छ भलाकुसारी गर्न समेत नआउदा निकै दुख लागेको दुखेसो पोखे ।
घरको मूल व्यक्ति आफु नै भएकोले अवस्था निकै दैनिय भएको पिडा सुनाउदै आर्थिक अभावका कारण छोराहरुलाई उचित शिक्षा दिक्षा दिन नसकेको बताए । गहभरी आँखाबाट आसु झर्दै सिंहले कोहि सहारा दिने छैन पिडामा पुरै परिवार जीवन विताउन बाध्य भएको गुनासो गरे । प्रदेशको मुख्यमन्त्री लालबाबु राउत नजिक गएर आफनो व्यथा सुनाएपछि सहयोग गर्ने आश्वासन दिएतर धाउदा धाउदै थाकी सकेको पिडितको श्रीमती रोमा देवी सिंहले बताइन । मुख्यमन्त्री कार्यालय सम्म पुग्दा पनि उनी भेट्न नचाहेको गुनासो गरिन ।
