download zoom chat transcript download zoom chat history otc download zoom zoom install error code 1005 java zoom api jar file download zoom app for roku

पाँच दलिय गठबन्धनको सेण्डिकेटबाट देशलाई मुक्त बनाउन सडक आन्दोलन बिकल्प नरहेको नेकपा एमाले स्थायी समिति सदस्य प्रभु साह

   १५ माघ २०७८, शनिबार १७:४४  

रौतहट, १५ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले निर्वाचनलाई पर धकेलेर देशमा बढिरहेको राजनीतिक संकटलाई रोक्न आन्दोलनमा जानुपर्ने एक मात्र विकल्प रहेको बताए ।
नेकपा एमाले देवाही गोनाही नगर अधिवेशनको करुनियामा शनिवार उदघाटन सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । पाँच दलिय गठबन्धनको सिण्डिकेटबाट देशलाई बचाउनको लागि सडक आन्दोलन बाहेक कुनै विकल्प नरहेको बताए । जालझेल र अदालतको सेटिङबाट जन्मिएको दलालहरु गठबन्धनको सरकारले देशमा संस्थागत रुपमै भ्रष्टाचार एवम् लुटआतंक मच्चाएको भन्दै नेता साहले त्यसलाई बन्द गर्न जनता सडकमा उत्रिनुपर्ने स्पष्ट पारे ।
“अहिले तपाईहरु देख्न सक्नुहुन्छ, अवसरवादीहरुको गद्दारी र जालझेल एवम् षडयन्त्रबाट अदालतको सेटिङमा जुन पाँच दलिय षड्यन्त्रकारीहरु सम्मलीत गठबन्धनको सरकार जन्मिएको छ यसले संस्थागत रुपमा भ्रष्टाचार र लुट–आतंकलाई बढावा दिएको आरोप लगाए । खुलेआम कालोबजारी मौलाएको छ, महङ्गी बढेको छ जसले गरीब मजदुर किसानको जीवनलाई झन कष्टकर बनाउदै गएकोमा चिन्ता व्यक्त गरे । विकास निर्माणको कार्यहरु ठप्प भएको छ ।“ नेता साहले भने । “गठबन्धनले बढाएको यस्ता विकृतिहरु रोक्दै विकासको कार्य अगाडि बढाउन अब आन्दोलनको विकल्प नरहेको उनले बताए ।“
सरकारले कानुनको चरम उलंघन गरेर चुनाव सार्ने षड्यन्त्र गर्दैछ, यसलाई विफल बनाएर समयमा निर्वाचन गर्न आन्दोलन जरुरी छ । सत्ता उन्मादमा मातिएका सरकारका मन्त्रीहरुको बोलीमा लगाम छैन, अपराधमा लिप्त मन्त्रीहरुलाई कुर्सीबाट हटाउन आन्दोलन अत्यन्तै आवश्यक रहेको जिकिर गरे ।
लोकतान्त्रिक प्रक्रियालाई सहि ट्र्याकमा ल्याउन एक मात्र विकल्प आन्दोलन हो । नेकपा स्थायी समिति सदस्य साहले आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन कार्यकर्ता पंक्तिलाई निर्देशन समेत दिए । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुमन प्याकुरेल, अच्युत मैनाली, राजकुमार लेखी, केन्द्रीय सदस्य एवम् रौतहट ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरु कुन्दन कुश्वाहा, उद्धव रेग्मी, मधेश प्रदेशकी उपसचिव आरती भण्डारी, मौलापुरको मेयर रीना साह, जिल्ला अध्यक्ष त्रिभुवन साह, सचिव बालबिक्रम कार्की, राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य एवम् एमाले जिल्ला सदस्य निवेश यादव लगायत सहभागीले देउवा सरकार निर्वाचन सार्न विभिन्न हथकण्डाहरु अपनाइरहदा त्यसलाई चिर्दै देशलाई निर्वाचनमय बनाउन आन्दोलनको तयारीमा जुट्न सबै संग आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै