zoom installation failed 10003 zoom download for windows 10 free download zoom client app download zoom client download windows 10 msi download zoom audio

भारतमा भईरहेको किसान आन्दोलन प्रति अखिल नेपाल किसान महासंघको समर्थन

   २४ मंसिर २०७७, बुधबार १५:५०  

रौतहट, २४ मंसिर । भारतमा चलिरहेको किसान आन्दोलन प्रति अखिल नेपाल किसान महासंघ (अप्फा) ले समर्थन एवं एक्युबद्धता जनाएका छन् ।
अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव राज रेग्मीद्धारा बुधवार जारी गरिएको विज्ञप्तीमा किसानले उत्पादन गरेको कृषि सामग्रीहरुको उचित बजार, सहि मूल्य, उत्पादन भएको सामग्रीको गुणस्तरिय भण्डारण लगायत किसानलाई व्यवस्थित बनाउने आधुनिकीकरण जस्ता मागहरु राख्दै गत ११ दिन देखि भारतमा किसान आन्दोलन भईरहेका हुन् ।
भारतमा भईरहेको किसानहरुको आन्दोलन प्रति नेपालका किसानहरुको समर्थन एवं एक्युबद्धता रहेको भन्दै उक्त विज्ञप्ती जारी गरिएको जनाइएको छ । २०७३ सालमा काठमाण्डौमा सम्पन्न भएको विश्व किसान सम्मेलनबाट एक अर्काको देशमा किसानलाई लक्षित गरी हुने आन्दोलन प्रति समर्थन जनाउने निति अनुरुप भारतमा भईरहेको आन्दोलन प्रति नेपाली किसान पनि चिन्तीत रहेको बताइएको छ । दोश्रो सम्मेलन बंगलादेशमा गर्ने भनिएपनि कोभिडको कारण हुन नसकेको समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विश्वभरी किसानको आन्दोलन प्रति समर्थन जनाउने सहमती भएपनि नेपाल विश्व किसान संघको कोर्डिनेटरको नाताले समर्थन जनाएका छन् ।

 

अखिल नेपाल किसान महासंघ अप्फा
केन्द्रीय कार्यालय, काठमाडौं
फोन– ०१–४२४३४७६, ९८५५०५९९४२
मिति ः २०७७ मङ्सिर २४
प्रेसवक्तव्य

अहिले भारतमा किसानहरूको आन्दोलन चलिरहेको छ । यस आन्दोलनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) समर्थन र ऐक्यबद्धता प्रकट गर्दछ । उक्त आन्दोनलको सफलताको कामना गर्दछ ।
२०७३ सालमा काठमाडौँमा सम्पन्न भएको प्रथम विश्व किसान सम्मेलनको आयोजना नेपालले गरेको थियो र त्यसको आयोजक अखिल नेपाल किसान महासङ्घ (अप्फा) थियो । दोस्रो विश्व किसान सम्मेलन बङ्गलादेशले गर्ने निर्णय भएता पनि कोभिड–१९ को कारणले सम्भव हुन सकिरहेको छैन । नेपालको काठमाडौँमा सम्पन्न भएको उक्त सम्मेलनमा विश्वका धेरै राष्ट्रका किसान सङ्घ–सङ्गठनहरूको समर्थन, सहयोग र ऐक्यबद्धता रहेको थियो । विश्वभरि नै उपेक्षित किसानहरूको भौतिक सहभागिताका लागि भिसा, आर्थिक सङ्कटका बाबजुद पनि जर्मनी, बङ्गलादेश र भारतबाट ठुलो सङ्ख्यामा भौतिक उपस्थिति जनाएर काठमाडौँको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनसहित सम्मेलन सफल भएको थियो । बङ्गलादेशमा हुने दोस्रो विश्व किसान सम्मेलनमा पनि यही प्रकारको उच्च ऐक्बद्धता जाहेर हुने छ भन्ने विश्वभरिका किसानहरू प्रतिक्षारत छन् । प्रथम विश्व किसान सम्मेलन सम्पन्न भएपश्चात् यसमा संलग्न किसान सङ्घ–सङ्गठनहरूले आआफ्ना सङ्गठनमार्फत विश्वभरि चलिरहेका किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै आइरहेका छन् । भारतको अहिले चलिरहेको आन्दोलनलाई पनि कोअर्डिनेटरको नाताले नेपालले ऐक्यबद्धता प्रकट गर्दछ ।
विश्वका विकसित पुँजीवादी र अर्धसामन्ती देशहरूमा सम्पूर्ण किसानहरूको साम्राज्यवादी नवउपनिवेशवादी शोषणले पिल्सिरहेका छन् । विश्व किसान सम्मेलन कोअर्डिनेसन कमिटी यो विश्लेषणमा एकमत छ । विश्वका विकसित मुलुकहरू अमेरिका, ल्याटिन अमेरिका, युरोपियन युनियन, अस्टे«लियाका देशहरूलगायत देशहरूमा समेत साम्राज्यको नवउपनिवेशवादी (न्यू कोलोनिज्म) को मारमा किसानहरू पिल्सिरहेका छन् । यस प्रकार विश्वभरिका नवउपनिवेशवादको मारमा परेका किसानहरूको एउटै आवाज छ ः नवउपनिवेशवादबाट किसानहरूलाई मुक्त गर ।
आज दक्षिण एसियाका देशहरू नेपाल, भुटान, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्सका किसानहरू यही नवउपनिवेशवादी शोषण, मुख्यतः भारतीय साम्राज्यवादको शोषणमा पिल्सिइरहेका छन् । स्वयम् भारत आफै साम्राज्यवादी देश भएकाले साम्राज्यवादी देशहरूसँग प्रतिष्पर्धामा उत्रिन कोसिस गरिरहेको छ । आफ्नो देशमा साम्राज्यवादी एकाधिकार र पुँजीवादी कर्पोरेट कृषिक्षेत्रमा प्रवेश गराई किसानको हक–अधिकारलाई समाप्त पार्ने, भूमिहीन किसानलाई कृषिक्षेत्रबाट बेदखली गर्ने, साना र मध्यम किसानहरूको भू अधिकारलाई समाप्त पारेर कर्पोरेट प्रणाली स्थापना गर्ने, कृषि उत्पादनमा किसानहरूको हक–अधिकार छिनेर एकाधिकारवादी कर्पोरेट बजार प्रणाली कायम गरिरहेकाले करोडौँ किसानहरू सडकमा फालिएका छन् । कर्पोरेट बैङ्कले किसानहरूको ऋणमाथि ऋण थोपरेर बर्सेनि हजारौँको सङ्ख्यामा किसानहरू आत्महत्या गर्न बाध्य बनाइएका छन् । यसरी सम्पूर्ण कृषिक्षेत्रलाई साम्राज्यवादी कर्पोरेट प्रणालीमा रूपान्तरण गरेर किसानमारा नीति अवलम्बन गर्ने मोदी शासनकै विरुद्ध किसानहरू हलो–जुवा, ट्रयाक्टरको जुलुससहित भारतभरि प्रदर्शन गरिरहेका छन् । विपक्षी दलहरूले समेत समर्थन गरेको भारतको यो ऐतिहासिक किसान आन्दोलनमा विपक्षीहरूलाई समेत थुन्ने, जेल हाल्ने, हाउस एरेस्ट गर्नेजस्ता गतिविधिहरू बढाएर मोदी सरकार क्रुर दमनमा उत्रेको छ । भारतीय किसानको यो आन्दोलनलाई नेपालका किसानहरूले समर्थन गर्दछन् र साम्राज्यवादीको नवउपनिवेशवादी नीतिको विरुद्ध विश्व किसान आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछन् ।
नेपाल पनि एक अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएकाले नेपाली किसानहरू सामन्तवाद र साम्राज्यवादबाट पिल्सिरहेका छन् । देशमा राजनैतिक रूपमा पुँजीवादी गणतन्त्र आएता पनि नेपालको अर्धसामन्ती स्वरूपमा परिवर्तन आएको छैन र राज्यको स्वरूप प्रतिक्रियावादी छ । यो प्रतिक्रियावादी राज्यमा आवधिक रूपमा शासन गर्ने वामपन्थी मार्काका पार्टीहरूको ढुलमूल, अवसरवादी र सम्झौतापरस्त चरित्रका कारणले यो प्रतिक्रियावादी राज्य संरचनालाई फेर्ने दिशामा उनीहरूको भूमिका अत्यन्त कमजोर रहने गरेको र यही यथास्थितिमा आफ्नो शासन व्यवस्था सञ्चालन गर्न साम्राज्यवादी, एकाधिकार पुँजीवादी व्यवस्थासँग साँठगाँठ गरेर शासन व्यवस्था चलाइरहेकाले किसानका समस्याहरू झन् जटिल बन्दै गइरहेको छ र कृषि क्षेत्रमा एकाधिकार पुँजीवाद र कर्पोरेट प्रणाली छिर्न थालेको छ । यसका लागि अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले एकल सङ्घर्ष अगाडि बढाउनुका साथै संयुक्त किसान आन्दोलन पनि अगाडि बढाइरहेको छ ।
यस प्रकार नेपाललगायत विश्वका किसानहरूले क्रमशः भारतीय किसानहरूको आन्दोलनलाई ऐक्यबद्धता प्रकट गरिरहेका छन् र आन्दोलनको सफलताको कामना गरिरहेका छन् ।
क्रान्तिकारी अभिवादन सहित

(भैरवराज रेग्मी)
अध्यक्ष

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै