चिनियाँ हस्तक्षेप विरुद्ध वीरञ्जमा राष्ट्रिय एकता अभियानको प्रर्दशन

पर्सा, १६ माघ । राष्ट्रिय एकता अभियान नामक गैरसरकारी संस्थाले चिनियाँ हस्तक्षेप विरूद्ध वीरगञ्जमा प्रदर्शन गरेको छ ।
पर्सा जिल्लाको वीरगञ्ज स्थित घण्टाघरमा भएको प्रदर्शनको क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङ विरूद्ध चर्को नाराबाजी लगाइएको थियो । प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गर लागयतका नारा समेत लगाएका थिए । त्यस्तै नेपालको आन्तरिक मामिलामा अनावश्यक रुपमा गरिरहेको बाह्य एवं आन्तरिक हस्तक्षेपको अभियन्ताहरुले निन्दा गर्दै “गो ब्याक चाइना” लगायतका प्ले कार्ड बोकेर पनि चीनविरुद्ध प्रर्दशन गरिएको छ ।
अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सी चिङपिङको पुतला पनि दहन गरियो । चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।