नेपालका वामपन्थी विचारक, राजनीतिकर्मी र वाम विश्लेषक एवं शुभचिन्तकहरुले नेपाल–चीन सीमामा विवाद नरहेको जतिसुकै दावी गरे पनि यथार्थमा हाम्रो उत्तरी सिमाना सुरक्षित नरहेको बुभ्mनु आवश्यक भएको छ ।
यसै साता कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले रेडियो नेपालको ‘नेपाली बहस’ कार्यक्रममा नेपाल–चीन सिमाना विवादसम्बन्धी आपूmहरुले तयार पारेको प्रतिवेदन खेर नजाने यो कार्यान्वयन भएर छाड्ने विश्वास व्यक्त गरेका छन् । उनले कर्णाली प्रदेश चीनस“ग जोडिएको छ । खास गरिकन चीनको स्वशासित क्षेत्र तिब्बतस“ग जोडिएको छ । यसमा पनि सीमाजन्य समस्याहरु दोलखा, सङ्खुवासभा, ताप्लेजुङ आदि जिल्लाका उत्तरी सिमाना पनि कमावेश छन् नै र यसको समाधान पनि हुनु पर्दछ । कूटनीतिक स्तरबाट यस विषयमा वार्ता भइरहेकोले सार्थक परिणाम आउने अपेक्षा गर्न सकिन्छ ।
भौगोलिक विकटता र मौसमको प्रतिकूलताका कारण उत्तरी सिमाना क्षेत्रमा पुग्नु कसैको निम्ति पनि सहज हुन सक्दैन । जेठ महीनासम्म हिउ“ परिरहने ठाउ“ भएका कारण त्यहा“ समयमै पुग्न सकिने अवस्था रहेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले नै चीनस“गको विवाद कूटनीतिक वार्तामार्पmत् हल हुने विश्वास दिलाउनु भएको छ तसर्थ सीमा विवाद समाधानको काम कारबाई अघि बढिरहेको विश्वास मुख्यमन्त्री शाहीको रहेको छ । कर्णाली प्रदेश सीमा विवादको विषयमा यसअघिको धारणामा आपूm अडिग रहेको बताउ“दै भारत र चीन दुवै विशाल देश भएकोले सीमा विवादलगायतको समस्याको समाधान कूटनीतिक वार्ताबाट नै हुनुपर्ने धारणा राखे । चीनसित सीमा विवाद नै छैन भन्ने दावी गर्नेहरुको तर्क कुनै नौलो कुरा नभएको तर यथार्थमा चीनबाट नेपाली भूमि मिचिएकै हो तसर्थ त्यो नेपालले पाउनुपर्ने माग गरेका छन् ।