अमर जवान ज्योतीको कुरा गरेर भाभुक भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

   १७ माघ २०७८, सोमबार २०:१६  

पि के
बर्षौ बर्ष देखि नयाँ दिल्ली स्थित इण्डिया गेटमा रहेका “अमर जवान ज्योती” लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै “राष्ट्रिय युद्ध स्मारक” को ज्वालामा विलय गर्दाको क्षण अत्यन्तै भावुक थिए ।
७३ औं गणतन्त्र दिवशको पूर्व सन्धयामा भारतीय प्रधानमन्त्री मोदीले देशका लाग आफनो ज्यानको पर्वाह नगरी ज्यानको आहुती दिई भारतलाई रक्षा गरेका वीर सहिदहरुको सम्झनामा इण्डिया गेटमा ५० बर्ष अघि तयार पारिएका “अमर जवान ज्योती” लाई “राष्ट्रिय युद्ध स्मारक” मा विलुप्त गरिए ।
भारतीय प्रधानमन्त्री मोदी आफनो तरिकाबाट दिदै आएको “मन को कुरा” मा आइतवार देशवासीलाई सम्बोधन गर्दै उनले भने कि विभिन्न काल खण्डमा देशको लागि आ आफनो घरपरिवारको पर्वाह नगरी ज्यान उत्सर्ग गर्ने वीर सहिदहरु र तिनका परिवार संग भावनात्मक सम्बन्ध रहेको बताए ।
उनले भने, “यो भावनात्मक क्षणमा धेरै नागरिक र शहीद परिवारका आँखामा आँसु भरिएका थिए, उक्त आँसु देशको लागि कुर्वान भएका वीर सपुतको सम्झनामा निस्किएका क्षण अत्यन्तै भावुक रहेको स्मरण उनले गरे । प्रधानमन्त्री मोदील सम्बोधन गरेको मनको कुरामा सबैलाई समेट्ने प्रयास गरिएको भएपनि गोरखा सैनिकको वारेमा कतै सम्बोधन नगरिदा निकै आश्चर्य लागेको छ ।
चिन भारतको लडाई होस, भारत पाकिस्तानको लडाई होस वा पाकिस्तान वंगलादेशको लडाईमा वंगलादेशको तर्फबाट उत्कृष्ठ प्रदर्शन गर्दै वंगलादेशलाई आजाद गराउने भुमिका किन नहोस, वा कार्गिल युद्ध होस हरेक युद्धमा नेपाली गोरखा रेजिमेन्ट उत्कृष्ट प्रदर्शन गर्दै आफनो पहिचान विश्वमै स्थापित गरेका छन् तर तिनको वारेमा भारतीय प्रधानमन्त्री मोदीको मन को कुरामा एक शब्द न आउदा आश्चर्य लाग्नु स्वभाविकै हो ।
नेपालबाट गएर गोरखा रिजेमेन्टको हिस्सा बन्ने नेपालीहरु भारतीय भन्दा रती भरी पछि नहटी उनी भन्दा एक कदम अघि नै बढेर भारतको हरेक हिस्सालाई जोगाउनमा दिदै आएको महत्वपूर्ण योग्यदानलाई भारतीय प्रधानमन्त्री मोदी सहित त्यहाँका राजनेताहरु उत्साहित बनाउनु पर्छ, “गोरखालीहरु सिर कटाउन सक्छ तर सिर झुकाउन सक्दैनन, चाहे जस्तो सुकै परिस्थिति किन नहोस, आफनो कार्य कुशलताको परचम विश्वभरी लहराएको कसैले विर्षन सकिदैनन” ।
खास गरेर सन् १९७१ को युद्धमा गोरखाली सैनिकको पराक्रम देखेर दश्मनहरु चकित भएका थिए र भारतलाई विजय बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको थियो । गोरखालीहरु जय नेपालको पक्षधर भएपनि, जव भारतीय सैनिकको गोरखा रेजिमेन्टमा रहदा जय हिन्दको नारालाई कहिले पनि धुमिल पार्न दिदैन्, त्यसै हुनाले गोरखालीको साथ भए जुनसुकै युद्धलाई जित्न आसन हुने भएको हुँदा भारतीय राजसत्ताधारीहरु “जय नेपाल, जय हिन्द, जय गोरखा” को नारालाई बुलन्द गरेमा मात्रै नेपाल भारत विचको मधुर सम्बन्ध अझै प्रगाढ हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै