काठमाडौँ, १८ माघ । नेपालमा राजनितिक अस्थिरता कायम राख्न समय समयमा विदेशी चलखेल हुने गरेको छ तर पछिल्लो समयमा एमसीसी पारित गर्न नदिन चिनियाँ हस्तक्षेप व्यापक रुपमा भईरहेको पाइएका छन् ।
यसै क्रममा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख सुंग थाओ संग भिडियो कन्फरेन्सको माध्यमबाट नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच गोप्य वार्ता भएका हुन् ।
समाचार श्रोतका अनुसार माओवादी सुप्रिमो प्रचण्ड र चिनियाँ विदेश विभाग प्रमुख सुङबीच विभिन्न बिषयमा कुराकानी भएको छ । जस अन्तर्गत नेपाल–चीन सम्बन्ध, वर्ड इकोनोमिक फोरममा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिन फिङको मन्तव्य लगायतका बिषयमा आधारित रहेर भिडियो कन्फरेन्समा कुरा भएको बताइएको छ ।
सुङले चीनको अर्थतन्त्र तथा सामाजिक विकास, हिउँदे ओलम्पिकको तयारी लगायतको बारे पनि प्रचण्डलाई जानकारी गराएको श्रोतले दाबी गरेको छ ।