zoom download pc portugues gratis join zoom meeting with id & password manager zoom app download for pc - zoom app download for pc zoom download windows 10 home download zoom.msi

एमसीसी संसदबाट पास गरेर जनतालाई बुझाउन ः जसपा नेता बाबुराम भटराईको राय

   १८ माघ २०७८, मंगलवार १५:०४  

काठमाडौं, १८ माघ । जनता समाजवादी (जसपा) नेपालको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटराइले अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झातालाई अविलम्ब संसदबाट सर्वसम्मतीबाट पारित गर्नुपर्ने बताएका छन् ।
अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) वारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अलमलमा रहेको तथा प्रधानमन्त्री देउवाले गठबन्ध विच सहमती गर्दै एमाले संग पनि मिलेर जुनसुकै परिस्थितिमा एमसीसीलाई पारित गर्नुपर्ने तयारीमा जुट्नुपर्ने सुझाव नेता भटराईले दिएका हुन् ।
उनले गठबन्धन टुटाउन नहुने र टुटेमा आफू प्रधानमन्त्री देउवालाई साथ दिने पनि लाइन क्लियर पारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीट गर्दै एमसीसी पारित गरी सबै एक मुख भएर जनतालाई बुझाउनु पर्ने बताए ।
बाबुरामले ट्वीटरमा लेखेका छन्, “एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं ! सबै एकमुख भएर जनतालाई बुझाऊ !” एमसीसीको वहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्नु नहुनेमा उनले जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै