zoom download instructions zoom meeting download for pc 64 bit - zoom meeting download for pc 64 bit zoom code finder download zoom app classroom zoom info download safe

विदेशी मुद्रा सहित पाकिस्तानी नागरिक पक्राउ

   १८ माघ २०७८, मंगलवार १६:०५  

काठमाडौं, १८ माघ । गैरकानुनी रुपमा बाहिरी मुलुक तर्फ लैजान लागिएको विभिन्न देशका मुद्रा सहित पाकिस्तानी नागरिक पक्राउ परेको छ ।
पाकिस्तानी राहदानी नम्बर एजे १४६९१३३ वाहक ३३ वर्षीय हाफिज एटिक अर रहेमानलाई चार दिन अघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुवईको उडानद्वारा काठमाडौंबाट दुवई जान लागेको अवस्थामा निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलामा रहेको साउदी रियाल ४७ हजार १ सय ५०, युएई दिराम ४ सय, ओमानी रियाल ५.५ र ३ सय बैसा र भारतीय रुपैया १ सय फेला पारेको हो ।
उनी संग बरामद भएको विभिन्न मुद्रा सहित आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको अन्तरराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै